केन्द्रीय संस्करण

खुकुरी देखाएर लुट्न खोज्ने दुई जना पक्राउ

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दुई जना युवकलाई खुकुरीसहित ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४० बर्षको आस बहादुर गुरुङ्ग र सोही स्थानमा बस्ने करिब ४५ बर्षको नरेश गुरुङ्ग रहेका छन् ।

 पक्राउ परेका गुरुङ्गहरुले सुस्ता ५ पक्लिहवाको रतनगन्ज बस्ने अशोक ठाकुर डिजल लिएर घर फर्किने क्रममा सुस्ता ४ नर्सही १२ नम्बर ठोक्करको बाधमा रोकेर ठाकुरलाई र उनको गाडी चालकलाई खुकुरी देखाएर लुटपाटको प्रयास गरेका थिए ।
 आफूहरुलाई बाटोमा रोकेर खुकुरी देखाएर धम्काउदै गरेको भन्दै ठाकुरले ईलाका प्रहरी कार्यालय बेलाटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेको टोली र नर्सही प्रहरी चौकीको टोलीको सक्रियतामा अभियुक्तलाई खुकुरी सहित नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताएका छन् ।उनीहरु माथी थप अनुसन्धान भईरको प्रहरीले जनाएको  छ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.