पश्चिमी सीमा नाकाबाट भित्रिए १ हजार यात्रु
कञ्चनपुर । लकडाउन अन्तर्गत पश्चिमी सीमा नाका गड्डाचौकी बन्द गरिएपछि एक हजार आठ सय ४२ यात्रु भित्रिएका छन् । सीमा नाका बन्द गरिए पनि भारतमा काम गर्ने नेपाली भित्रिने क्रम भने रोकिएको छैन ।
भारतमा होटेल, निर्माण सम्बन्धी कार्यलगायत बन्द भएपछि नेपालीहरु फर्कन थालेका हुन् ।
चैत १० गतेदेखि सीमा नाका बन्द गरिएको हो । कोरोना भाइरस जाँचका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा स्थापना गरिएको हेल्थ डेस्कका अनुसार गड्डाचौकी सीमा नाकामा सुरक्षाकर्मीको कडाइपछि भारतबाट आउनेहरु अन्य सीमा क्षेत्र भएर अवैध रुपमा छिर्ने क्रम बढेको छ ।
अवैध रुपमा सीमा नाका प्रवेश गर्नेहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई हेल्थ डेस्कमा पु¥याएर स्वास्थ्य जाँच गराउँदै आएका छन् । भारतीय बजार खटिमासँग जोडिएको महाकाली नगरपालिकाबाट नेपाल भित्रिने क्रम बढ्न थालेपछि नाकामा नेपाली सेनाले निगरानी बढाएको छ । सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकामा कडा निगरानी गरिरहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे
-
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आगामी सोमबार विश्वासको मत लिने
-
‘ईश्वर’ आगामी वर्षको मङ्सिरमा रिलिज हुने