शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रासः जानकी मन्दिरको पट सर्वसाधारणका लागि बन्द

शनिबार, १५ चैत २०७६, १६ : ५०
शनिबार, १५ चैत २०७६

जनकपुर । कोरोना भाइरसको त्रास तथा लकडाउनका कारण जनकपुरधाममा रहेको हिन्दु धर्माबलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरको पट सर्व सााधारणका लागि बन्द गरिएको छ । कोरोनाका संक्रमण बढ्न सक्ने खतरालाई ध्यानमा राख्दै मन्दिरमा भीड हुन नदिनका लागि मन्दिरको पट सर्वसाधारणका लागि बन्द गरिएको हो । यद्यपि मन्दिरमा प्रत्येक दिन बिहान बेलुका हुने पूजा अझै जारी रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए । 

मन्दिरको पट सर्व साधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको छ । सन् १९११मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलो पटक सर्वसाधारणका लागि बन्द गरिएको हो । 

भगवान रामको जन्मोत्सव रामनवमीको ५ दिन मात्रै बाँकी रहेको समयमा मन्दिर बन्द हुनुले रामनवमी मेला लाग्ने सम्भावना समेत क्षीण भएको छ । रामनवमीको अवसरमा जनकपुरधामको राम मन्दिर र जानकी मन्दिरमा विशेष पूजा अर्चना हुनेगथ्र्यो । तर यस पटक कारोना भाइरसको त्रासका कारण रामनवमी समेत प्रभावित भएको छ  । रामनवमीको अवसरमा मन्दिरमा विशेष पूजा हुने भनिएपनि कुनै पनि उत्सवको कार्यक्रम नराखिएको उत्तराधिकारी महन्थ दासले वताए ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप