केन्द्रीय संस्करण
समाचार

चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आएका दुई यात्रुमा कोरोना संक्रमण पुष्टि

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline1

काठमाडौं । मार्च १७ अर्थात् चैत ४ गते कतार एयरलाइन्सको उडानमार्फत नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन  प्रवक्ता डा विकास देवकोटाले शनिबार कोरोना भाइरस पुष्टि भएकी १९ वर्षीया युवती दोहा हुँदै कतार एयरलाइन्सको  क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको बताएपछि सो विमानमा आएका दुई जनामा कोरनाको पुष्टि भएको हो । 

यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी हुन् भने शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी हुन् । 

उनीहरु कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल उत्रेका थिए । 

 उक्त जहाजमा उनीहरुसहित २ सय ५ जना यात्रु थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेको बताए। 

कतारको दोहाबाट स्थानीय समय अनुसार मार्च १७ को बिहान ३ बजेर ५ मिनेटमा उडेको एअरवेजको जहाज मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । मन्त्रालयले सो जहाजमा आएका अधिकांश अहिले सम्पर्कमा आइसकेको बताएको छ भने उनीहरुको नमुना परीक्षण भइरहेको छ।  

 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 28, 2020, 7:04 p.m. kaatich
    QR650 म आएको होला ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.