शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुङ्गामा कवारेन्टाइन निर्माण अभियान तिव्र

शनिबार, १५ चैत २०७६, १७ : ०१
शनिबार, १५ चैत २०७६

-रामहरि श्रेष्ठ 
ओखलढुंगा । ओखलढुंगामा हालसम्म १ सय ३३ वार्डका क्वारेन्टाइन निमार्ण गरिएको छ । विश्वभरी महामारीको रुपमा फैएिको कोभिड–१९ अर्थात कोरोना भाइरसको आंशका गरिएका व्यक्तिलाई छुट्टै राख्न हालसम्म जिल्लामा १ सय ३३ वार्डका क्वारेन्टाइन निमार्ण गरिएको जिल्ला प्रशासन कार्यलय ओखलढुंगाले जनाएको छ । जिल्लाका बिभिन्न ८ स्थानिय तहका १९ स्थानमा क्वारेन्टाईन स्थल निमार्णमा गरिएको छ ।

केही स्थानीय तहले वडा तहमा समेत धमाधम क्वारेन्टाइन निमार्ण गरिरहेका छन् । सिद्धिचरण नगरपालिकाले ओखलढुंगा क्याम्पसको भवनमा २५ वार्ड क्षमताको क्वारेन्टाइन निर्माण गरेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए । कोभिड १९ को सक्रमणलाई रोक्न खिजीदेम्बा गाउँपालिकाले ९ वार्डको क्वारेन्टाइन निर्माण गरेको छ भने प्रत्येक वडामा ५ वर्डका दरले थप्दै जाने निर्णय गरेका छन् ।

त्यस्तै, चम्पादेबी गाउँपालिकाले १०, चिशंखुगढी गाउँपालिकाले १० वार्डको निमार्ण गरेको छ भने मानेभज्याङ गाउँपालिकाले ११ वार्डको तयार पारेर १६ वार्ड क्षमताको निमार्ण गर्ने तयारी गरेको सहायक प्रजिय भट्टराईको भनाई छ । यता, मोलुङ गाउँपालिकाले १५ वार्ड क्षमताको क्वारेन्टाइन निर्माण गरिसकेका छन् भने १० वार्ड क्षमताको निमार्ण गर्ने तयारी गरेका छन् । जिल्लाको लिखु गाउँपालिकाले ७ वार्ड क्षेमताको क्वारेन्टाईन निर्माण गरेका छन् भने आवश्यकता अनुसार थप्दै जाने बताएका छन् । सुनकोशी गाउपालिकाले बिभिन्न वडा तहमा ४६ वार्ड क्षमताको क्वारेन्टाईन निमार्ण गरेको सहायक प्रजिअ भट्टराईले बताए । हाल जिल्लामा स्थानयी तहले निर्माण गरेको क्वारेन्टाइन स्थलमा रुम्जाटारमा १ र मोलुङ गाउपालिका ३ जना युवालाई राखिएको छ ।

पिपिई खरिद गरी वितरण 
क्वारेन्टाईन स्थलमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रयोग गर्ने पोसाक पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) सिद्धिचरण नगरपालिकाले १० थान, चिसंखुगढी गाउँपालिकाले १० र सुनकोशी तथा मोलुुङ गाउँपालिकाले ५–५ थान खरिद गरी बितरण गरेको छ । अन्य गाउँपालिकाहरुले खरिद गरेको बिवरण आइसकेको छैन ।

सांसदद्धवारा सर्जिकल माक्स सहयोग 

कोभिड १९ को संक्रमण रोख्न क्वारेन्टाइन तथा फिल्डमा खटिने कर्मचारीहरुलाई बितरण गर्न ओखलढुंगाका प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले २७ सय थान सर्जिकल माक्स सहयोग गरेका छन् । शनिबार जिल्ला प्रशासन कार्यलयमा पुगेर सांसद सुनुवारले उक्त माक्स सहयोग गरेका हुन् । मास्कको आवश्यकताअनुसार फिल्डमा खटिने प्रहरी, कर्मचारीसहित बिभिन्न क्वारेन्टाईन स्थलमा वितरण गरिने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

विदेशबाट आएका युवा खोज्दै स्थानिय तह 

ओखलढुंगाका सबै स्थानिय तहले जिल्लामा विदेशबाट आयका युवाहरुको खोजी गरिरहेको छ । जिल्ला प्रशासन कार्यलयको आग्रहमा जिल्लाका आठ स्थानीय तहका वडापालिका मार्फत युवाहरुको खोजी सुरु गरिएको हो । स्थानिय तहका स्वास्थ्य शाखाका संयोजक सहितको खोजी अभियानमा शनिबार सम्ममा ७९ जना युवाहरुको विवरण आईसकेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराइले बताए ।

शुक्रबारबाट सुरु गरिएको खोजी अभियानमा उनीहरुको घरदैलोमा पुगेको स्वास्थ्य परिक्षण समेत गरिएको छ । ती युवाहरुलाई सरकारको नियम अुनसार १४ दिनसम्म होम क्वारेन्टाईनमा बस्न आग्रह समेत गरिएको छ । बिदेशबाट फर्केका युवामा संक्रमणको आशंका बढी हुने भन्दै उच्च निगरानीका साथ अभियान थालेको सहायक प्रजिअ भट्टराईको भनाई छ । उनीहरु १४ दिन अनिवार्य होम क्वारेन्टाईनमा बस्नुपर्ने सरकारले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप