काठमाडौंपछि आजैबाट धरानमा कोरोना परीक्षण सुरु
काडमाडौं । काठमाडौंको टेकुमा मात्रै परीक्षण हुदै आएको कोरोना भाइरस (कोभिड १९) को ल्याव परीक्षण शनिबारबाट प्रदेश एकको धरानबाट पनि सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालमा कोरोना परीक्षण सुरु भएको जानकारी दिएका हु्न् ।
उनका अनुसार शनिबार ८७५ जनाको परीक्षण भएको र ३२ को परीक्षण भइरहेकाले आजैबाट परीक्षण संख्या ९ सय क्रस हुने बताए । त्यस्तै १११५ र ११३३ गरी निशुल्क कल सेन्टर पनि सञ्चालनमा ल्याएको बताए । प्रवक्ता देवकोटाले संक्रमितको संख्या बढेसँगै सरकारले कोरोना परीक्षणको दायरा बढाउदै चाडै हेटौडा, पोखरा र नेपालगञ्जमा पनि परीक्षणका लागि तयारी भइरहेको बताए ।
प्रवक्ता देवकोटाले स्वास्थ्य सामाग्री लिन शनिबारै नेपाली टोली चीन गएको र राति सम्म उक्त सामग्री नेपाल आउने र भोलिबाटै वितरण गरिने पनि जानकारी गराएका छन् । शनिबार मात्रै थप एक जना कोरोना संक्रमित युवती भेटिएकी छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । तीमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् भने बाँकी उपचाररत रहेका छन् । स्वास्थ्य मन्त्रालयले घरभित्रै बसेर यो रोगको च्यानल ब्रेक गर्न सकिने भन्दै सवैलाई सर्तह रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै