शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनका कारण ४८  नेपाली भारतमा अलपत्र

शनिबार, १५ चैत २०७६, १९ : ०६
शनिबार, १५ चैत २०७६

कोरोना भाइरसबाट बच्नाका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन् । रोजगारीका सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपाली   अलपत्र परेका छन् । 

तीन दिनदेखि आफूहरुले खानसमेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवाका मुन्ना नेपालीले जानकारी दिनुभयो । उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकारसँग माग गरेका छन् । 

 २१ दिनको लामो लकडाउनमा आफूहरुलाई निकै  कठिनाइ भइरहेको उनीहरुले बताएका छन् । उनीहरुले घरमा समेत सम्पर्क गर्न नपाएकाले पत्रकारमार्फत आफ्नो घर भएको शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन । 

नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीले उद्धारका लागि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको बताए  । शिवराज ९ का वडाध्यक्ष चुरबहादुर खड्काले नेपालीको उद्धारका लागि नगरपालिकाबाट पहल गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप