बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

४ नेपाली कोरोना संक्रमित भएको युएईको पछिल्लो अवस्था के छ ?

४ नेपाली कोरोनाबाट संक्रमित,  २ जना उपचारपछि निको भए, उपचारार्थ २ को अवस्था सामान्य
शनिबार, १५ चैत २०७६, २० : २३
शनिबार, १५ चैत २०७६

संयुक्त अरब इमिरेट्स (यूएई) मा फेरि दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।युएईको स्वास्थ्य मन्त्रालयको पछिल्लो (शनिबारको) तथ्याङ्क अनुसार  ६३ जनामा थप संक्रमण देखिएको छ भने गत शुक्रवारको तथ्याङ्कमा २ जना नेपाली कोरना संक्रमित रहेको पुष्टि गरिएको छ। उपचारार्थ २ को अवस्था समान्य रहेको दूतावास आबुधावीले जनाएको छ।

युएईमा शनिबारसम्म ४ सय ६८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार शुक्रबार एक पाकिस्तानी र दुई जना बंगलादेशी नागरिक गरि ३ जना उपचारपछि निको भएका छन् । यो सँगै युएईमा उपचारपछि निको हुनेको संख्या ५५ पुगेको छ। त्यसरी निको हुनेमा दुई जना नेपाली पनि छन् ।

यसैबीच युएईमा तीन दिनका लागि लकडाउनको घोषणा गरिएको आज  अन्तिम दिन हो । युएई सरकारले कोरोना भाइरससंक्रमण नियन्त्रणका लागि सरसफाई तथा निर्मलीकरण अभियानका लागि गत बिहीवार रातको ८ बजे देखि आइतबार बिहान ६ बजेसम्म पूर्ण रुपमा युएई लकडाउन गरेको हो।  यो समयमा दुबई सरकारले अत्यावश्यक सामान खाद्यान औषधि  खरिद गर्न बाहेक अन्य कामको लागि अनुमति लिनुपर्ने नियम छ।

कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको नियम विपरित काम गरेको पाईएमा युएई सरकारले  ५० हजार दिरामसम्म जरिवाना  गर्न सक्नेछ ।
घरमै बस्नुपर्ने, निश्चित दूरी (कम्तीमा एक मिटर) कायम गर्नुपर्ने जस्ता नियममा उल्लेख गरिएको छ। यसैगरी विनाकारण बाहिर हिँडेको पाइएमा २ हजार दिराम जरिवाना हुनेछ । यो अवधीमा भिडभाड हुने सार्वजनिक स्थल , बजार, तथा औद्योगिक क्षेत्र बन्द गरिए पनि अत्यावश्यक सेवा भने नियमित सन्चालन हुँदै आएको छ।बजारमा खाद्य सामाग्री भने नियमित पाइएको छ ।

अहिले यूएईमा पनि अर्को सूचना जारी नभएसम्मका लागि आकश्मिक बाहेकका यात्रु ओसार्ने सबै जहाजहरु बन्द गरिएका छन् ।

कोरोना सङ्क्रमणको प्रभाव यूएईमा कार्यरत नेपाली श्रमिक मात्रलाई  हैन, व्यवसाय गरेर बसेका नेपालीलाई  पनि पर्न थालेको छ । विशेषगरि नेपालीहरूले युएईमा लगानी गरेका अधिकाशं ट्राभल्सहरू बन्द छन्। 

धेरैजसो देशमा हुने दैनिक उडानहरू बन्द भएकाले ट्राभल्सहरू मर्कामा परेका हुन्। यसै गरी युएईमा नेपालीको लगानी भनेको होटल, रेस्टुरेन्ट हो। भेटघाट,आवज-जावत बन्दले गर्दा धेरै जसो होटल रेस्टुरेन्ट बन्द छन्। 

कम्पनीहरूले पनि वार्षिक बिदा लिएका श्रमिकको तालिकामा परिवर्तन गरेका छन् भने कतिपयले बेतलबी बिदामा बस्न आग्रह गरेका छन् ।

युएई सरकारले भिजिट/टुरिस्ट भिसामा युएई घुम्न आएर भिसाको म्याद सकिएर समस्यामा परेकाहरुको लागि छिट्टै नै नयाँ नियम जारीगर्दैछ । कामदारको हकमा नेपाल गएका तर युएई फर्कन नपाएका तथा भिसा म्याद (समय अबधी) सकिएकाको लागि पनि युएई बस्न पाउने व्यवस्था गरेको छ। 

नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई कोरोना भाइरसबारे सूचना जारी गर्दै यहाँ कार्यरत नेपालीलाई सतर्कता अपनाउन साथै नआत्तिन अनुरोध गर्दै आइहेको छ । कुनै समस्या परे दूतावासमा २४ सैं घण्टा सिधै सम्पर्क गर्न भन्दै दूतावासले आफ्ना सबै कुटनीतिक कर्मचारीका नम्बर समेत सार्वजनिक गरेको छ ।

यहाँ रहेका नेपाली कामदारको अवस्था बारे नेपाली दूतावासले दैनिक रुपमा परराष्ट्र, स्वास्थ्य मन्त्रालय तथा अध्यागमन विभागलाई जानकारी गराइराखेको दूताबास आवुधावीले जनाएको छ। 
दूताबासले युएई  सरकारको समन्धित निकायसँग  बारम्बार कुटनैतिक संवाद भैरहेको युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले रातोपाटीलाई  जानकारी दिए। 

उनले युएईमा रहेका कुनै पनिनेपालीहरूलाई समस्या पर्न नदिन हदैसम्म काम गरेको बताए। उनले भने, हामी २४ सैं घण्टा सेवामा छाैं।  कुनैपनि नेपालीलाई कोरनाको प्रभावले कम्पनी बन्द भइ खान, बस्न समस्या भएको जानकारीमा नआएको यहाँको समन्धित निकाय, समाजिक संघसस्थासँग मिलेर समस्या हल गर्छौ। 

कोरोनालाई नियन्त्रण गर्न युएई  सरकारले गरेको प्रयास सराहनीय छ। कोही संक्रमण भेटिए आफ्नै देशका नागरिक सो सरह सबैलाई गुणस्तरीयको उपचार सुविधा नि:शुल्क दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप