बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् अमेरिकामा महामारी फैलनुका कारण,  ट्रम्पमात्रै होइनन् दोषी

शनिबार, १५ चैत २०७६, २० : ३७
शनिबार, १५ चैत २०७६

बिहीबार हामीले नराम्रो संकट व्यहो-यौं । इटली र चीनलाई उछिनेर अमेरिका कोरोना भाइरस (कोभिड १९) का सर्वाधिक धेरै संक्रमितको देश बन्यो । यो भयावह संकट हो र राष्ट्रपति डोनाल्ड ट्रम्पको असामान्य असफल नीति पनि । ट्रम्प प्रशासनले भाइरस रोकथाममा तत्कालै निर्णायक कदम चाल्न नसक्दा अमेरिकीहरु पीडामा छन् र मृत्युवरण गर्दैछन् । यो लेख तयार गर्दासम्म अमेरिकामा १ हजार १ सय ९५ जनाको मृत्यु भएको छ र संख्या निरन्तर उकालो लाग्दै छ । बिहीबार अमेरिकामा एकै दिन १५ हजारभन्दा बढीमा संक्रमण देखियो ।हप्तौंसम्मको संकटपछि बढ्दो परीक्षण र भाइरसको फैलदों दर दुबैले यसको वर्णन गर्छ । यससँगै संक्रमितको संख्या बिहीबारसम्म ८२ हजार पुग्यो, चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएको छ । 

चीन र अमेरिकाबीच आधारभूत भिन्नता छ । चीनले भाइरस देखिएपछि  लकडाउनमार्फत यसको फैलावट नियन्त्रण ग¥यो, उहानमा पहिलोपटक २३ जनवरीबाट लकडाउन सुरु गरिएको थियो र अहिले चरणवद्ध रुपमा यो खुकुलो हुँदैछ – आजकल थोरै संख्यामा मात्रै प्रत्येक दिन नयाँ संक्रमित देखिएका छन् र ती पनि अधिकांश विदेशबाटै भित्र्एिका हुन् ।  अमेरिकाले अहिलेसम्म महामारीलाई तोड्न सकेको छैन र इस्टर (१२ अप्रिल)सम्म घरमै बस्नुपर्ने निर्देशिक ट्रम्पले खुकुलो नै छाडिदिन्छन् भने हामी महामारी रोक्न असफल हुनेछौं, दशौं लाख जनता संक्रमित हुनेछन् । युनिभर्सिटी अफ वासिङटनअन्तर्गत इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभ्यालुयशनको नयाँ बिस्तृत अध्यननअनुसार यदी सक्रिय नियन्त्रण नै भइराख्यो भने पनि जुलाईसम्म झन्डै ८१ हजारले अमेरिकामा ज्यान गुमाउन सक्छन् । 

चमेरोबाट सुरु भएको हुनसक्ने यो भाइरस मानिसमा फैलनु अनपेक्षित घटना थियो । देशको नीति नियमले यस घटनामा देखाउने प्रतिक्रियाले महत्वपूर्ण भूमिका खेलेको छ । ३१ डिसेम्बरमा उहान सरकारले सार्वजनिक रुपमै रहस्यमय नयाँ निमोनियाबाट ग्रसित दर्जनौंको उपचार भइरहेको जानकारी दिएको थियो र ७ जनवरीमा अधिकारीहरुले नयाँ कोरोना भाइरसलाई यसको कारणका रुपमा पहिचान गरे । 
जापानमा मध्य जनवरीमा पहिलो संक्रमित भेटिए, त्यसपछि केही दिनमै दक्षिण कोरिया, ताइवान, सिंगापुर र अमेरिकामा यो भाइरस फैलियो । 

पूर्वी एशियाली देशहरुले कडा कदम चाले । धेरै देशले २००३ मा सार्सको महामारी पनि भोगेका थिए र उनीहरुसँग नयाँ महामारीका लागि सामुदायिक स्वास्थ टोली तयार अवस्थामा थियो । 
दुई महिनाभन्दा लामो समयपछि संक्रमितको संख्या अमेरिकामा पनि आकाशियो, अमेरिकामा बिहीबारसम्म प्रति १० लाखमा २ सय ५० जना संक्रमित छन् । यो चीनभन्दा धेरै माथि हो, जहाँ प्रति १० लाखमा ५७ जना संक्रमित छन् । यो दर हङकङमा प्रति १० लाखमा ६०, ताइवानमा ११, सिंगापुरमा १ सय १७, जापानमा ११ र दक्षिण कोरियामा १ सय ८० छ । महामारीको तयारी गर्न नसक्ने र प्रतिक्रिया दिन नसक्ने जुन अवस्था अमेरिकामा निम्तिएको छ, यसको सिधा जिम्मेवारी ट्रम्पको काँधमा जान्छ । राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता ट्रम्पले हाम्रो चुस्त सार्वजनिक स्वास्थ प्रणालीलाई प्रणालीगत रुपमै छिनेका छन् ।

२०१८ मा राष्ट्रिय सुरक्षा काउन्सिलको महामारी विभागलाई टुक्र्याउँदा ट्रम्प साक्षी थिए । ट्रम्पले चीनसहित ३९ देशमा रहेको अमेरिकी महामारी रोकथाम टोलीबाट ठूलो संख्यामा कर्मचारी कटौती गरेका थिए । अनि जब महामारी आइलाग्यो, ट्रम्पले अस्विकार गरे, बेवास्ता गरे, निरन्तर गलत दाबी गरे । अहिले पनि उनी उत्शृंखल र गैर जिम्मेवार भएर ईस्टरदेखि अर्थतन्त्र चलायमान बनाउने बताइरहेका छन्, जबकी स्वास्थ्यविद्हरुले यो खतरा अझै लामो समय जाने बताइरहेका छन् । 

पक्कै पनि ट्रम्प नै दोषी छन् । तर, महामारीको यो घडीमा अमेरिकाको भयावह अवस्था निम्तनुमा उनीमात्रै कारण होइनन् । हाम्रो फाइदामुखी स्वाथ्य प्रणालीले रोगमा पैसा देख्छ, स्वास्थमा होइन । परीक्षण, सम्पर्क पहिचान र क्वारेन्टाइमार्फत नयाँ रोगको पहिचान गर्नसक्ने सबै अमेरिकीका लागि आवश्यक अपेक्षित स्वास्थ्य प्रणालीको साटो हामीसँग त्यस्तो प्रणाली छ, जसले धनीका लागि मात्रै काम गर्छ । अमेरिकीहरु जीवित रहनका लागि लड्दैछन्, यति नै बेला ट्रम्प अर्थतन्त्र संरक्षणमा धेरै केन्द्रीत भएजस्तो व्यवहार गर्दैछन् । 

हामीले अझै पनि भाइरसको रोकथामका लागि पूर्वी एशियाली देशले जस्तो तयारी गर्नसक्छौं र यस्तो प्रक्रियाका क्रममा हाम्रो अर्थतन्त्रको पनि उद्धार हुनेछ नै । विभिन्न राज्य र शहरमा हामीलाई निर्णायक एक्सन चाहिएको छ, आजका दिनमा हामीले हाम्रा गर्भनर, मेयर र अग्रमोर्चामा रहेका बहादुर स्वास्थकर्मीमा नेतृत्व भेटेका छौं । 

जेफरे साच्स्/ सीएनएन 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप