केन्द्रीय संस्करण

भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २६ पुग्यो, मुम्बईमा डाक्टरकै मृत्यु

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline0

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । आज एकैदिन केरला, गुजरात, महराष्ट्र र तेलंगानामा ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या २६ पुगेको हो । त्यस्तै संक्रमति हुनेहरुको संख्या ९०० पुगेको दैनिक भाष्करले जनाएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण सबैभन्दा बढी मुम्बईमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।

६ जनामध्ये एक जना चिकित्सकको समेत मृत्यु भएको छ । ८५ वर्षीय शल्यचिकित्सकको मृत्यु भएपछि अस्पतालनै शिल गरिएको जनाइएको छ ।  शनिबार गुजरात ४६ वर्षीय महिलाको मृत्यु भएको छ । त्यस्तै शनिबार तेलंगानामा संक्रमणबाट पहिलो मृत्यु भएको छ भने गुजरातमा मर्नेको संख्या ४ पुगेको छ । 

यस्तो छ भारतमा संक्रमणका कारण मर्नेका तालिकाः
९ देखि २२ मार्चमा २ जनाको मृत्यु (कर्नाटक र नयाँ दिल्ली )
१६ देखि २२ मार्च ५ जनाको मृत्यु (त्यसमध्ये महाराष्ट्रमा २ जना, अन्य ३ जना पञ्जाव, बिहार र गुजरात)
२३ मार्चः पश्चिम बंगाल १, हिमाञ्चलमा १
२४ मार्चः महाराष्ट्रमा १
२५ मार्चः तमिलनाडु १, मध्यप्रदेश १ र गुजारत १ 
२६ मार्चः जम्मु काश्मिर १, महाराष्ट्र १, गुजरात १, राजस्थान २, कनार्टक १ र मध्यप्रदेश १ 
२७ मार्चः महाराष्ट्रमा १, कर्नाटकमा १
२८ मार्चः केरला १, गुजरात १, महाराष्ट्र १ र तेलंगाना १ 

एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.