
अमेरिकी वरिष्ठ नागरिक अधिकारकर्मी जोसेफ लोवेरीको निधन

एजेन्सी । अमेरिकी समाजमा नागरिक अधिकारको पक्षमा जीवनभर वकालत गरेका वरिष्ठ अधिकारकर्मी जोसेफ लोवेरीको शुक्रबार निधन भएको छ । उनी ९८ वर्षका थिए ।
लोवेरीले एटलान्टास्थित आफ्नै निवासमा परिवारका सदस्यहरूबीच प्राकृतिक मृत्युवरण गर्नुभएको पारिवारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनकी धर्मपत्नी एभिलिन गिब्सन लोवेरीको ७० वर्षको सहयात्रापछि सन् २०१३ मा मृत्यु भएको थियो ।
अमेरिकाका वरिष्ठ नागरिक अधिकार अभियन्ता लोवेरी अफ्रिकी–अमेरिकी नागरिकका अधिकारका लागि अमेरिकी अभियन्ता मार्टिन लुथर किङ्ग जुनियरका अति मिल्ने साथी थिए ।
लोवेरीले ‘क्रिष्टियन लिडरसिप कन्फ्रेन्स’का संस्थापक सदस्य हुनुहुन्छ । उहाँले सोही संस्थामा रहेर मार्टिन लुथर किङ्ग जुनियरसँगै काम गरेका थिए । उक्त संस्थाले विशेष गरी अमेरिकामा श्वेत र अश्वेतहरूबीचको भेदभावविरूद्ध लामो समयसम्म अभियान चलाएको थियो ।
उनले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति रहेका समय अमेरिकाको शीर्ष नागरिक सम्मान ‘प्रेसिडेन्सल मेडल अफ फ्रिडम’ प्रदान गरेका थिए ।
एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ