कोरोनाको संकेत देखियो ? अब सेनाको मोबाइल एपमार्फत तुरुन्त जानकारी दिन सकिन्छ
काठमाडौं । कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै सर्वसाधारणबाट सूचना प्राप्त गरी आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले नेपाली सेनाले कोभिड–१९ रेस्पोन्स यप नेपाल (covid-19 response App-nepal) नामक मोबाइल एप प्रयोगमा ल्याएको छ ।
सेनाले आज एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो । उक्त मोबाइल एपबाट सर्वसाधारणले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईमा कोभिड–१९ सम्बन्धी लक्षण देखिने विवरण पठाउन मिल्ने व्यवस्था गरिएको छ । साथै यस विपदको घडीमा जनमानसमा विभिन्न किसिमका अफवाहहरुको फैलावट रोक्न र नेपाली सेनाको आधिकारिक सूचना प्रवाह गर्न समेत यो मोबाइल एपले सहयोग पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।
उक्त मोबाइल एप सेनाको वेभसाइट www.nepalarmy.mil.np बाट डाउनलोड गर्न सकिने समेत जानकारी दिइएको छ । तर हाललाई भने यो एप एनरोइड मोबाइल फोनको लागि मात्र तयार गरिएको र केही दिनमै एप्पल मोबाइल फोनका लागि समेत तयारी गरिने सेनाले जनाएको छ । यो एपमा प्रयोगकर्ताले आफ्नो परिवार, छरछिमेक तथा साथीभाईलाई कोरोना सम्बन्धी कुनै लक्षण देखिएमा बिरामीको व्यक्तिगत विवरण तथा लक्षण विवरण उपलव्ध गराउन सक्ने सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै