केन्द्रीय संस्करण
कोरोनाभाइरस

संसारको तीब्र कम्प्युटरले पहिचान गर्‍यो कोभिड–१९ विरुद्धका ७७ सम्भाव्य औषधी

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline1

सारा संसारका वैज्ञानिक जगत् यतिखेर कोरोनाभाइरसका विरुद्ध खोप एवं औषधी पत्ता लगाउने महाअभियानमा जुटेका छन् । विश्वलाई नै आफ्नो प्रकोप वर्षा गरिरहेको कोभिड–१९ का विरुद्ध औषधी र खोप पत्ता लगाउन जति ढिलो हुन्छ, उत्ति नै संक्रमित र हताहत हुनेको संख्या पनि बढ्दै जाने हुन्छ । त्यसैले वैज्ञानिकहरु रात दिन एक गरेर यसका विरुद्ध औषधी एवं खो पत्ता लगाउने अनुसन्धानमा जुटेका छन् ।

धेरैलाई थाहा नहुन सक्छ, वैज्ञानिकहरुको यो अनुसन्धानमा नासा र आइवीएमका सुपर कम्प्युटरहरु पनि उपयोग भइरहेका छन् । नासा र आइबीएमले आफ्ना सुपरकम्प्युटरहरु कोरोनाभाइरसको खोप बनाउने कोशिशमा जुटेका प्रयोगशाला, कम्पनीहरु र तत्सम्बन्धी प्राज्ञिक कर्ममा जुटेकाहरुलाई उपयोग गर्न दिइरहेका छन् ।

खासगरी, अत्यन्तै तीब्र गतिमा फैलिइरहेको कोभिड–१९ का विरुद्ध खोप र औषधीहरु पत्ता लगाउने दिशामा सबैभन्दा महत्वपूर्ण कुरा नै तीब्र गति हो र यसै कार्यको लागि संसारकै सबैभन्दा तीब्र गतिको कम्प्युटर (सुपर कम्प्युटर)ले सहयोग गर्न सक्छ ।

यसै सिलसिलामा आइबीएमको सुपर कम्प्युटर ‘समिट’ले हज्जारौं सिमुलेसनहरुको विश्लेषण गरेर नोबेल कोरोनाभाइसले मानिस कोशिकामा संक्रमण पुर्याउनबाट रोक्नका लागि कुन औषधी प्रभावकारी हुन्छ भन्ने कुरा थाहा पाउन सहयोग गरिरहेको छ ।

आइबीएमको उक्त समिट सुपर कम्प्युटर अमेरिकाको उर्जा विभागले सन् २०१४ मा तयार गर्न लगाएको हो । उक्त कम्प्युटरको मुख्य उद्देश्य नै ‘संसारका समस्याहरुको समाधान’ ९कयखिभ तजभ धयचमिुक उचयदझिक० खोज्नु हो ।

भाइरसले मानिसको कोशिकामा स्पाइक नामक जेनेटिक पदार्थ घुसाएर संक्रमित तुल्याउने गर्छ । समिटको काम चाहिँ त्यो स्पाइकलाई नै बाँधिदिने औषधी पत्ता लगाउनु र त्यसको विस्तारको सम्भावनालाई रोक्नु हो ।

अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसको स्पाइकको मोडेल सिर्जना गरे । समिट सुपर कम्प्युटरले चाहिँ भाइरल प्रोटिनमा एटम र पार्टिकलहरुले कसरी विभिन्न औषधीका कम्पाउण्डहरुप्रति प्रतिक्रिया गर्छ भनी सिमुलेसन गर्यो । त्यसक्रममा समिटले ८ हजारभन्दा बढी कम्पाउण्डहरुको  सिमुलेशन गरेका थिए, जसले चाहिँ भाइरसको स्पाइक प्रोटिनलाई बाँध्न सकोस् । जसले गर्दा नोबेल कोरोनाभाइरस मानिस कोशिकामा फैलिने वा बृद्धि हुने कुरालाई रोक्न सकियोस् ।

त्यसक्रममा सिमुलेसन गरेर हेरिएका ८ हजारभन्दा बढी औषधीका कम्पाउण्डहरुमध्ये समिटले ७७ वटा औषधीहरुलाई तिनले कसरी भाइरसलाई बाँध्छ भन्ने आधारमा छनौट गरेर तिनलाई क्रमबद्ध गरेका छन् । 

समिटले यसअघि अल्जाइमरको सेल्युलर प्रणालीमा असर गर्ने प्याटर्नलाई पहिचान गरेको थियो । त्यसैगरी, यसले अफिमको कुलतलाई जगाउने जीनको पनि विश्लेषण गरेको थियो । त्यसबाहेक, यसले नै मौसमको सिमुलेसनको आधारमा खराब मौसमको भविष्यवाणी पनि गरेको थियो ।

समिटमा २०० पेटाफ्लपको पावर रहेको छ । यो भनेको अहिलेको सबैभन्दा तीब्र गतिको ल्यापटपभन्दा पनि १० लाख गुना बढी शक्तिशाली हो ।

कोभिड–१९ माथिको अनुसन्धानमा नासाका सुपर कम्प्युटरहरु पनि प्रयोग भइरहेका छन् । त्यसले पनि सम्भाव्य खोप र औषधी बनाउने प्रयासमा सघाइरहेको छ । नासाले कोभिड–१९ कै लागि भनेर अमेरिकाका प्रयोगशालाहरु, कम्पनीहरु र प्राज्ञिक संस्थाहरुका लागि आफ्नो कम्प्युटर स्रोतहरुलाई विशेष गरेर छुट्याएको पनि छ । यस कामको लागि उसले विशेषतः पृथ्वी विज्ञान शाखाबाट छुट्याएको छ, जसले पृथ्वीको मौसमको भविष्यवाणीहरु गर्न मूलतः मौसमी मोडलहरु सञ्चालन गर्नको लागि भूउपग्रहीय तथ्यांकहरु उपलब्ध गराउने गरेको छ ।

कोभिड–१९ सँग् सम्बन्धित योजनाहरुमा काम गरिरहेका अनुसन्धानकर्ताहरुले यी सुपर कम्प्युटरहरु उपयोग गर्नका लागि निवेदन दिन सक्नेछन् ।

सुपर कम्प्युटरको मद्दत लिन सकिने यो पहलले अहिलेको महाव्याधिको तीब्रतामाथि रोक लगाउने, गति कम गर्नको लागि आवश्यक तीब्र गतिको गणनामा सहयोग पुग्नेछ ।

स्रोतः साइन्सनेचर। एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 31, 2020, 6:40 p.m. PRKASH SHARMA
    पतेक ल्यावमा फरक फरक आैषधी बनाउनु पर्छ ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.