शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको पत्र ३ करोड जनताको घर घरमा पु-याइने

आइतबार, १६ चैत २०७६, ०७ : ५८
आइतबार, १६ चैत २०७६

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायतभरीका जनतालाई घरमै बस्न आग्रह गर्दै पत्र लेख्ने बताइएको छ । शनिबार डाउनिङ स्ट्रिटले यसबारे वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

प्रधानमन्त्रीको उक्त पत्र अर्को हप्ता ३ करोड जनताको घर–घरमा पु–याइने पनि जानकारीमा उल्लेख छ ।

वक्तव्य अनुसार पत्रमा बोरिस जोनसोनले लेख्नेछन्ः

हामीलाई थाहा छ, स्थिती सबैभन्दा खराब भएपछि मात्रै राम्रो हुन्छ । तर हामीले सही तयारी अपनाइरहेका छौं । हामीले नियमको जतिसक्दो पालना गर्छौं त्यति नै कम व्यक्तिले ज्यान गुमाउनु पर्नेछ र त्यति नै छिटो जीवन सामान्य अवस्थामा फर्कनेछ । त्यसकारण राष्ट्रिय संकटकालको यो घडीमा कृपया घरमा नै बस्नुहोस्, जीवन बचाउनुहोस् ।’

साथै, बेलायती जनताले पत्रसहित सरकारद्वार जारी कोरोना भाइरसको लक्षण, घरबाट बाहिर निस्कनका लागि आवश्यक नियम र लक्षण देख्दा सेल्फ आइसोलेशनमा बस्नका लागि आवश्यक नियमबारे जानकारी दिइएको लिफलेट पनि पाउनेछन् ।

उक्त लिफलेट र पत्र छाप्न र त्यसलाई घर–घर पु–याउन करिब ७.२ मिलियन डलर अर्थात् करिब ८६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

आफैं कोरोना भाइरसबाट संक्रमित बोरिसले सेल्फ आइसोलेशनमा बसेर भएपनि सरकार हाँक्ने जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप