शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट जोगिन भन्दै सडक बन्द, अपरिचितलाई प्रवेशमा रोक

आइतबार, १६ चैत २०७६, ११ : १०
आइतबार, १६ चैत २०७६

कैलाली। धनगढीका ३४ वर्षीय एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि धनगढी आसपासका गाउँहरुमा स्थानीयले नै कडाइ गर्न थालेका छन् ।

 उनीहरुले सडक बन्द गरी लकडाउनको पालना गर्न अनुरोध समेत गरिरहेका छन् । 

 गाउँघरमा अपरचित मानिसहरु आए स्थानीयले प्रवेश निषेध गरेका छन् भने सडकमा काठहरु राखेर आवजावत बन्द गरेका छन् । 

धनगढी वडा नं १३ स्थित राजपुर राना टोलमा सडकबाट आवतजावत बन्द गरेको स्थानीय दिल महराले जानकारी दिए ।

 यो सडकबाट भारतीय सीमा क्षेत्रमा रहेका चोर नाका हुँदै  दैनिक ५० जना भारतीय र नेपाली आवतजावत गर्ने गरेपछि रोग संक्रमण हुनबाट बच्न आफूहरुले बाँध्य भएर कडाइ गर्नुपरेको उनले बताए । 

‘कोरोना भाइरसका विरामीको पुष्टि भएपछि सवै टोलबासी मिलेर बाटो बन्द गरेका छौं’',  राना टोलका अर्का स्थानीय साबु रानाले बताए ।

 लकडाउनको पालना र संक्रणवाट जोडिन सडक बन्द गरिएको उनले बताए । 

भारतवाट राजघाट गाउँमा धेरै मानिसहरु आएका छन् तर उनीहरुलाई क्वारेन्टाइनमा समेत राखिएको छैन । आजभोलि धनगढीका आसपासका धेरैजसो क्षेत्रहरुमा कडाइ थालिएको बताइएको छ । 

चैत्र ११ गते सेति प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना भएका युवकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि  धनगढी आसपासका क्षेत्रहरुमा कडाइ थालिएको हो । 

त्यसैगरी आज भारतवाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका ८ जनालाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले चोर नाका प्रयोग गर्दै नेपाल प्रवेश गर्नेमाथि निगरानी बताइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष कुमार वस्नेतले जानकारी दिए । पक्राउ परेकाहरुलाई क्वारेन्टाइनमा राखिने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप