बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युरोपियन लिगको सिजन गुम्ने खतरा

आइतबार, १६ चैत २०७६, ११ : ३१
आइतबार, १६ चैत २०७६

कोरोना भाइरसका कारण प्रियिमर लिग लगायत युरोपियन फुटबलको जारी सिजन अन्योलमा परेको छ ।

 युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष अलेकजेन्डर सेफरिनले कोरोनाका कारण फुटबलको सिजन निश्कर्षमा नपुगी गुम्न सक्ने बताएका छन् । 

कोरोनाले गर्दा अहिले युरोपका अधिकांश फुटबल गतिविधि स्थगित भएको छ । लिग फुटबल सक्नकै लागि युरोकप समेत एक बर्ष पछि सारिएको थियो । 

अध्यक्ष सेफरिनले लिग फुटबल जुनको अन्त्यसम्म गरिन नसके सिजन त्यतिकै सकिने जोखिम रहेको पनि बताए । 

युईएफएले बन्द स्टेडियमका लिगका खेल खेलाउने विषयमा पनि छलफल गरिरहेको छ । यदि सिजन त्यतिकै सकिएमा ३० बर्षपछि प्रिमियर लिगको उपाधि चुम्ने योजनामा रहेको लिभरपुललाई सबैभन्दा धेरै मर्का पर्नेछ ।

 उपाधि मुखमा रहेको लिभरपुल अहिले २५ अंकले अगाडी छ । लिभरपुलले तीन खेल जिते मात्र च्याम्पियन बन्नेछ । कोरोनाका कारण इङ्लिस फुटबल अप्रिल ३० तारिख सम्म स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप