बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना प्रभावितका लागि ४० करोड सहयोगबारे ट्विंकलले सोधिन् प्रश्न, अक्षयको जवाफ सुनेपछि उनीमाथि गर्व

आइतबार, १६ चैत २०७६, १२ : ०४
आइतबार, १६ चैत २०७६

कोरोनाभाइरसका संकटबीच अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु (४० करोड रुपैयाँ) सहयोग गरेका छन् । उनकी श्रीमती ट्विंकल खन्नाले उनको यो कदमको तारिफ गर्र्दै उनलाई आफ्ना श्रीमानमाथि गर्व भएको बताएकी छिन् ।

ट्विंकललाई विश्वास गर्ने हो भने उनले यति ठूलो रकम दान गर्नेबारे अक्षयलाई प्रश्न सोधेकी थिइन् जसको जवाफ निक भावुक र प्रेरणादायी छ ।

ट्विंकलले अक्षय कुमारको ट्वीटलाई री–ट्वीट गर्दै लेखेकी छिन्, ‘मलाई यी व्यक्तिमाथि गर्व छ । जब मैले उनलाई हामीले यसो गर्न आवश्यक छ भन्ने प्रश्न सोधेकी थिएँ किनभने यो निकै ठूलो रकम हो । यसको जवाफमा उनले यतिमात्रै भने, ‘जब मैले सुरुवात गरेको थिएँ तब मसँग केही पनि थिएन अब अहिले म यो अवस्था छु तसर्थ जसको केही पनि छैन, उनीहरुको सहयोगका लागि म कसरी पछि हट्न सक्छु ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप