शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङको प्रतिष्ठानमा भर्ना भएका ५ जनामै कोरोनाको संक्रमण देखिएन

आइतबार, १६ चैत २०७६, १२ : ०६
आइतबार, १६ चैत २०७६

 दाङमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका ५ जनामै त्यसको लक्षण नरहेको पुष्टि भएको छ ।

 एक हप्ताअघि प्रदेश ५ सरकारले उनीहरुको स्वाब नमुना परीक्षणको लागि काठमाडौं पठाएकोमा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको हो । 

राप्ति विज्ञान प्रतिष्ठानको आइसोलेनमा रहेका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए । 

बुटवलवाट आएको चिकित्सकको टोलिले चैत ९ गते प्रतिष्ठानमा आएको उनीहरुको नमुना संकलन गरेर लगेको थियो । उनीहरुमध्ये २ जनाको बिहीबार रिपोर्ट आएको र तीन जनाको आइतबार रिपोर्ट आएको हो । 

रिपोर्ट नेगेटिभ आएपछि सबैलाई डिस्चार्ज गरिएको तर उनीहरु घरमै क्वारेन्टाइनमा बस्नुभने पर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप