शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन अवधिमा एनआइसीको ग्राहक सहायता केन्द्र संचालन, कहाँ कसलाई सम्पर्क गर्ने ? (नाम र फोन नम्बर सहित)

आइतबार, १६ चैत २०७६, १२ : १०
आइतबार, १६ चैत २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडले लकडाउनको अवधिमा ग्राहक सहायता केन्द्र संचालनमा ल्याएको छ ।

बैंकले अहिलेको लकडाउन परिस्थितिमा ग्राहकहरुलाई पर्न गएको असुविधा तथा समस्याहरुलाई मध्यनजर गर्दै यस्ता समस्या तथा गुनासाका समाधान फोनबाटै मिलाउनको लागि प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको जनाएको छ । 

यस ‘ग्राहक सहायता केन्द्र’बाट विभिन्न बैंकिङ्ग सम्बन्धी समस्या भएको अवस्थामा ग्राहकले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सिधै फोनमा कुराकानी गरेर आफ्नो बैंकिङ्ग समस्या तथा गुनासोको यथासिघ्र समाधान पाउन सक्ने बैंकले जनाएको छ ।

जस्तै, प्रदेश १का ग्राहकले यस बैंकको प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपाय प्राप्त गर्न सकिनेछ । 

यसैगरी विराटनगर सहित इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई पनि त्यस क्षेत्रका ग्राहकले फोन गरि बैंकिङ्ग समस्या समाधान गर्न सक्नेछन् । यसैगरी सातै प्रदेशमा स्थापना भएका ‘ग्राहक सहायता केन्द्र’मार्फत ग्राहकले आफ्नो बैंकिङ्ग समस्याको समाधान गर्न सक्नेछन् । जसका लागि बैंकले देहाएका ग्राहक सहायता केन्द्रहरु स्थापना गरेको छ।

यसका साथै ग्राहकहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत बैंकले अनुरोध गरेको छ ।

यस परिस्थितिमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ । 

उक्त सेवाहरुका साथै घरमै बसी अनलाइन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहकहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा क्यूआर सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन् । 

यसका साथै, बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी पनि निःशुल्क उपलब्ध छन् । नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप