बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी आयो चीनबाट स्वास्थ्य उपकरण (तस्बिरहरु)

आइतबार, १६ चैत २०७६, १३ : २८
आइतबार, १६ चैत २०७६

काठमाडौं । चीनकोबाट कोरोना भाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य उपकरणहरु नेपाल आइपुगेको छ । 

स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो चीनको ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामग्री लिन निगमको वाइडबडी त्यसतर्फ गएको थियो । 

प्रवक्ता देवकोटाका अनुसार ती सामग्रीहरु आजबाटै विभिन्न प्रदेश तथा अस्पतालहरुलाई उपलव्ध गराइनेछ । अहिले ती सामग्रीहरु सम्बन्धित प्रदेशमा पुर्याउन प्याकिङलगायतका आवश्यक कामहरु भइरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप