शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकै विमानमा आएको नेपाल र चीनको स्वास्थ्य सामाग्री : मूल्यमा कति छ अन्तर ?

आइतबार, १६ चैत २०७६, १४ : २६
आइतबार, १६ चैत २०७६

काठमाडौँ । कोभिड–१९ को महामारीसँग लड्नका लागि नेपाल सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलाइन्सको विमान आइतबार बिहान नेपाल आइपुगेको छ । यद्यपि, उक्त सामाग्री खरिदमा अनियमितता भएको भन्ने विवाद अझै सेलाएको छैन । आयात गरिएको सामाग्रीमा बजार दररेटभन्दा महँगोमा खरिद गरिएको भन्दै त्यसमा कमिसनको खेल भएको आशंका गरिएको छ ।

हुनत अनियमितताको आरोपलाई स्वास्थ्य मन्त्रालयले खण्डन गरिसकेको छ । सामाग्री खरिदका लागि गरिएको टेन्डरमा कोही पनि व्यवसायी सहभागी नभएपछि विभिन्न व्यवसायीसँग छलफल गरेको फास्ट ट्रयाकमा सामाग्री खरिद गरिएको मन्त्रालयको स्पष्टिकरण छ ।


पालले खरिद गर्न लागेको एक करोड तीन लाख डलर बराबरको सामाग्रीको सूची बाहिर आएपछि धेरैले सरकारले खरिद गर्न लागेको सामाग्रीको मूल्य बजार भाउभन्दा महँगो भएको सर्वसाधारणले आरोप लगाएका हुन् । स्वास्थ्य सेवा विभागका निर्देशक महेन्द्र श्रेष्ठले उक्त सूची आधिकारिक भएको रातोपाटीलाई जानकारी दिएका छन् । सामाजिक सञ्जालमा यतिबेला उक्त सामाग्री यतिमा पाइने भन्दै विभिन्न दर रेटहरु पोष्ट गरिरहेका छन् ।

नेपालको आयात कति महँगो ?

आज नेपाल एयरलाइन्सको विमानमा आएको १२.६६ टन स्वास्थ्य सामाग्रीमा नेपालले आयात गरेको सामाग्री मात्र थिएन । चीनको सिचुवान प्रान्त र चिनियाँ दूतावासले सहयोग गर्न लागेको सामाग्री र चिनियाँ अर्बपति ज्याक माले सहयोग गरेको सामाग्री पनि थियो ।

चिनियाँ पक्षले उक्त सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने क्रममा आफूले सहयोग गरेको सामाग्रीको सङ्ख्या त्यसको दर रेटसहित सार्वजनिक गरेको छ । त्यही आधारमा यहाँ नेपालले खरिद गरेको सामाग्रीको मूल्य र चिनियाँ पक्षले खरिद गरेको सामाग्रीको मूल्यलाई तुलना गरिएको छ ।

दुवै पक्षले खरिद गरेको सामाग्रीको गुणस्तर एकै प्रकारको हो भनेर अनुमान गरेर दुई पक्षले खरिद गरेको दरलाई तुलना गर्दा केही सामाग्री नेपाल पक्षले धेरै नै महँगोमा खरिद गरेको पाइएको छ । केही सामाग्री भने चीनभन्दा नेपालले सस्तोमा पनि खरिद गरेको पाइएको छ ।

हेर्नुहोस् तालिका (रातो – महँगो, हरियो–सस्तो)

नेपाल पक्षले खरिद गरेको सामाग्री सूची

चिनियाँ पक्षले खरिद गरेको सामाग्री सूची

सामाग्री खरिद गर्दा सामाग्रीको गुणस्तरले पनि बजारमा ठूलो प्रभाव पार्दछ । दुवै पक्षले कुन गुणस्तरको सामाग्री वा कुन कम्पनीको सामाग्री खरिद गरेको भनेर खुलाएका छैनन् । तर, केही सामाग्रीहरु भने अस्वभाविक रुपमा महँगोमा खरिद भएको देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले पनि आफ्नो खण्डनमा सामाग्री किन महँगो भयो भनेर स्पष्ट पारेको छैन । मात्र टेन्डर प्रक्रियामा जान नपाएर व्यवसायीबाट सीधै किन्नुपर्ने बाध्यता आएको मात्र बताएको छ । बरु, महामारीको बेला खटिनेहरुमाथि प्रश्न नउठान भन्दै खण्डनमा तर्कभन्दा पनि ‘इमोसनल ब्लाकमेलिङ’ बढी गरेको छ ।

हेर्नुहोस्, चिनियाँ व्यवसायीले उपलब्ध गराएको सामाग्रीको कोटेसन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप