शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा कोरोनाको आशंकामा आइसोलेनमा रहेका एक जनाको मृत्यु

आइतबार, १६ चैत २०७६, १५ : ०९
आइतबार, १६ चैत २०७६

बुटवल  । कोरोना भाइरसको आंशकामा आइसोलेसनमा रहेका एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामना नगरपालिका वडा नम्बर ४ का ३४ वर्षीय युवाको आइतबार मृत्यु भएको हो । 

उनी हालै वैदेशिक रोगजारीपछि संयुक्त अरब इमिरेट्सको दुबईबाट फर्किएका  थिए भने शुक्रबार उनलाई बुटवलको कोराना अस्पतालको  आईसोलेनमा राखिएको थियो । 

उनको स्वाव परीक्षणका लागि काठमाडौ पठाइएको तर रिपोर्ट आइनसकेको अस्पतालले जनाएको छ । 

काठमाडौंबाट रिपोर्ट आएपछि उनको कोरोना भाइरसका कारणले मृत्‍यु भएको हो वा होइन भन्ने बारे खुल्ने अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप