शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको सन्देश : घरमै बसौं, स्वस्थ भए फेरि घुमौंला (तस्बिरहरु)

आइतबार, १६ चैत २०७६, १५ : ४५
आइतबार, १६ चैत २०७६

काठमाडौं । विश्भर फैलिएको कोरोना भाइरसको संक्रमण जोखिमका कारण नेपालमा एक साता लामो लकडाउन गरिएको छ । 

लकडाउनका अवधिमा सरकारले सर्वसाधारणलाई घरबाहिर ननिस्कन आदेश जारी गरेको छ भने पासबिनाका साधन सञ्चालनमा पनि रोक लगाएको छ । 

यो अवस्थामा सधैं यातायातको व्यवस्थापनामा खटिने ट्राफिक प्रहरीको जिम्मेवारी पनि फेरिएको छ । उनीहरु सर्वसाधारणलाई घरमै बसेर सुरक्षित रहन आग्रह गर्दै सचेतना फैलाउन लागिपरेका छन् । 

राजधानीका चोकचोकमा ट्राफिक प्रहरीहरु ‘घरमै बसौं स्वस्थ रहे फेरि घुमौंला, बाहिर हामी तपाईँको सुरक्षामा छौं तपाई घरभित्र बसी हाम्रो सुरक्षा गरिदिनुस्’ लगायतका नारा अंकित ब्यानर बोकेर सचेतना फैलाउन लागिपरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप