शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेटलाइफले सम्पूर्ण बिमा सेवा अनलाइनबाटै दिने

आइतबार, १६ चैत २०७६, १६ : २९
आइतबार, १६ चैत २०७६

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) महामारी विरूद्ध लड्न सरकारको कदमलाई समर्थन गर्दै मेटलाइफ इन्स्योरेन्सले सवै सेवा अनलाइनमा उपलब्ध गराउने भएको छ ।

मेटलाइफले कोरोना संक्रमण न्यूनिकरणका लागि कार्यालय बन्द गरी सवै सुविधा अनलाइनबाट उपलब्ध गराएको हो । मेटलाइफले विद्यातिय माध्यमबाट सबै ग्राहकहरुलाई निरन्तर सेवा एवं सुरक्षा दिनका लागि विभिन्न कार्य योजनाहरु लागू गरेको जनाएको छ ।

-लकडाउनको अवधिका कारण बिमाशुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बिमा लेखहरुलाई निरन्तरता दिने 
-लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बिमाशुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने
-कम्पनीको वेबसाइटबाट अनलाइन बिमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने
-अत्यावश्यक सेवा सम्बन्धि सम्पूर्ण कार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने 
-फोन, फेसबुक र ई–मेलमार्फत ग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका व्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने
-मेटलाइफ, नेपालका सबै विद्यमान, दुर्घटना र स्वास्थ्य बिमालगायतका व्यक्तिगत तथा सामुहिक जीवन बिमालेखहरु, बिमालेखका सर्तहरूको अधिनमा रहि सदा झै बीमा रक्षावरण प्रदान गरिने

बिमालेख, बिमाशुल्क भुक्तानी वा बिमादावी सम्बन्धि,कुनै जानकारी वा सेवा आवश्यक परेमा तल उल्लेखित फोन नम्बर, ई–मेल वा अनलाइन मार्फत सम्पर्क गर्न मेटलाइफले आग्रह गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप