शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई कुटपिट गरेको अभियोगमा १ जना पक्राउ

आइतबार, १६ चैत २०७६, १७ : ४१
आइतबार, १६ चैत २०७६

बारा । बाराको परवानीपुर गाउँपालिका–५ गण्डक चोकमा डिउटीमा खटिएको प्रहरीलाई कुटपिट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–५ नौतन बहुअरी बस्ने २७ वर्षीय गणेश कुमार साह रहेको प्रहरीले जानकारी दिएको छ ।

ईलाका प्रहरी कार्यालय प्रसौनीबाट डिउटीमा खटिएको प्रहरीले साह समेत ८–९ जनालाई लकडाउनको समयमा क्रिकेट खेल्न हुँदैन भनी सम्झाउने क्रममा साहले क्रिकेट खेल्ने ब्याटले प्रहरीलाई प्रहार गरेका थिए ।  व्याट प्रहारबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप