शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस नियन्त्रणका लागि सांसदद्वय साह र महतोको एक एक करोड घोषणा

आइतबार, १६ चैत २०७६, १९ : ३८
आइतबार, १६ चैत २०७६

जनकपुर । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश नम्बर २ का २ जना सांसदले एक-एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रदेश नम्बर २ स्थित सिरहाको निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’बाट निर्वाचित प्रदेश सांसद दिलिपकुमार साह र सर्लाही निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद उपेन्द्र महतोले यस्तो घोषणा गरेका हुन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेकपाबाट निर्वाचित प्रदेश सांसद दिलिप कुमार साहले १ करोड रुपैयाँ प्रदेश सरकारले गठन गरेको राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट दिने घोषणा गरेका हुन् ।

सांसद साहले भने, ‘कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारद्वारा गठित राहत कोषमा निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड रकम दिने घोषणा गर्दछु।’

त्यस्तै राजपा नेपालबाट निर्वाचित प्रदेश सांसद उपेन्द्र महतोले सामजिक संजालको माध्यमबाट भने, ‘कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारद्वारा गठित राहत कोषमा म आफ्नो प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कोषबाट एक करोड़ दिने घोषणा गर्दछु।’ 

उनले लेखे, ‘यसका लागि प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यक्रम संशोधन गरिदिन समेत प्रदेश सरकारसँग मेरो अनुरोध छ ।’

त्यस्तै सांसद दिलिप साहले प्रदेश सरकारसंग अनरोध गर्दै निर्वाचन क्षेत्र विकास कार्यक्रम संचालन कार्यविधि संशोधन गरी राहत कोषमा रकम जम्मा गर्ने बाटो खुल्ला गरिदिन माँग गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप