बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नुन चिनी सकियो चिन्ता नगर्नुस्, अब साल्ट ट्रेडिङले घरमै ल्याइदिनेछ

आइतबार, १६ चैत २०७६, २२ : ०९
आइतबार, १६ चैत २०७६

काठमाडौं– लकडाउन अवधिमा नुन चिनी सकियो भनेर अव चिन्ता गर्नु नपर्ने भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना उपभोक्ताका लागि नुन चिनी घरघरमै पुर्याइदिने बताएको छ ।

कोभिड–१९बाट जोगिन पालना गर्नुपर्ने सुरक्षा उपाय अवलम्बन गर्दै साल्ट ट्रेडिङले अहिले घर–घर पुगेर नुन र चिनी विक्री गरिरहेको छ। 

सर्वसाधारणले अति आवश्यक नुन र चिनी पनि खरिद गर्न नपाएको गुनासो आएपछि गाडीमा सामान लिएर दैलोसम्म पुर्याउने व्यवस्था गरेको कर्पोरेशनले जनाएको छ ।

कर्पोरेशनले अहिले एक परिवारलाई बढीमा ३ प्याकेट नुन र ६ किलोसम्म चिनी विक्री गर्दै आएको छ। नुन प्रतिप्याकेट २० रूपैयाँ पर्छ भने चिनी प्रतिकिलो ७३ रुपैयाँ पर्छ ।

त्यसैगरी, साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र जडिबुटिलगायतका क्षेत्रमा आउटलेट संचालन गरी खाद्ययान्न विक्री गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप