मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

आइतबार, १६ चैत २०७६, २२ : १८
आइतबार, १६ चैत २०७६

काठमाडौं । सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गरेको छ । 

कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गर्ने भएको छ ।

 त्यस्तै सामुहिक क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई खाने व्यवस्था स्थानीय तह र संघीय सरकारले व्यवस्था गर्ने भएको छ । त्यस्तै कोरोना उपचारमा संलग्न चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतलाई असार मसान्तसम्म २५ लाखको बीमा गर्ने पनि सरकारले निर्णय गरेको छ । 

त्यस्तै निजी स्वास्थ्य संस्थालाई आफ्ना सवै सेवा जारी राख्न र २० प्रतिशत छुट दिन व्यवस्था मिलाउने सरकारले जनाएको छ । त्यसैगरी निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउन सरकारले भनेको छ । त्यस्तै शहरी क्षेत्रमा घरबेटीले डेरावालाको एक महिनाको भाडा नलिन सरकारले घरबेटीलाई आग्रह गरेको छ भने उनीहरुबाट घरबहाल कर नलिने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप