बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सवारी साधन नवीकरणका लागि यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय

आइतबार, १६ चैत २०७६, २२ : २२
आइतबार, १६ चैत २०७६

काठमाडौं । सरकारले यातायात व्यवस्था कार्यालयमा सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट परमिट नवीकरण गर्ने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ । 

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि घोषित लकडाउनको प्रभावका कारण सवारी नवीकरण म्याद थप गर्ने निर्णय गरेको हो ।

आगामी बैशाख मसान्तको समयसम्म कुनै विलम्ब शूल्क जरिवना बुझाउनु नपर्ने व्यवस्था गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन्  ।

यस्तै संस्था नवीकरण पनि वैशाख मसान्तसम्म गर्न पाउने व्यवस्था गरिएको छ । 

कम्पनी रजिष्टार कार्यालयमा विवरण बुझाउने अन्तिम वैशाख मसान्तसम्म थप गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप