तिहाड जेलबाट ३५६ कैदीहरु अन्तरिम जमानीमा रिहा
आइतबार, १६ चैत २०७६, २३ : ०१
नयाँदिल्ली । भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ । भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको सुनुवाईका क्रममा रहेका सबै कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतका प्रधान न्यायाधीश एसए बोब्डेको तीन सदस्यीय इजलासले सबै प्रदेशमा एउटा उच्चस्तरीय समिति गठन गरी तत्काल छाड्न सकिने कैदीहरुको नामावली तयार गर्न आदेश दिएको थियो । उक्त समितिमा कानुन सचिव र राज्यको कानुन सेवाका अध्यक्षलाई समावेश गर्न भनिएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो