शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले भने, ‘अबको दुई हप्तामा अमेरिकामा मृतकको संख्या सबैभन्दा धेरै हुनेछ’

सोमबार, १७ चैत २०७६, ०६ : ४८
सोमबार, १७ चैत २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलनमा गरेका केही महत्वपूर्ण निर्णयहरुः

– सोसल डिस्टेन्सिङको नियम ३० अप्रिलसम्म जारी रहनेछ ।

– ट्रम्पले दाबी गरेअनुसार मलेरियाको औषधी आइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका लागि निकै प्रभावकारी छ । न्यूयोर्कमा ११ सय बिरामीलाई यही औषधी दिइँदैछ । ट्रम्पले भने, ‘हेरौं, के हुन्छ । हामीले केही अद्भूत परिणाम देख्न पाउछौं कि?’

– ह्वाइट हाउसको पहलमा प्रोजेक्ट एयरब्रिटमार्फत् अस्पतालमा आवश्यक सामान पु–याउने काम तीब्र गरिनेछ । यसको सुरुवात चीनबाट अमेरिका आएका १ लाख ३० हजार फेस मास्क बाँडेर भइसकेको छ ।

– अमेरिकामा कोरोना भाइरसका कारण हुने मृत्यु ‘अबको दुई हप्तामा सबैभन्दा धेरै हुनेछ ।

– जून १ देखि अमेरिका ठिक हुने बाटोमा अग्रसर हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप