शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युवा स्टार जाडोन सान्चोलाई बेच्न डर्टमन्ड तयार

सोमबार, १७ चैत २०७६, ०८ : १४
सोमबार, १७ चैत २०७६

युवा स्टार जाडोन सान्चोलाई बेच्न जर्मन क्लब बोरुसिया डर्टमन्ड तयार भएको छ । डर्टमन्डले इङ्ल्यान्डका स्टार सान्चोको मुल्य एक सय पाउन्ड समेत तोकेको छ । 

सन् २०१७ मा इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट डर्टमन्ड पुगेका २० बर्षीय सान्चोले जर्मनमा उत्कृष्ट फुटबल खेलिरहेका छन् । उनी इङ्ल्यान्ड राष्ट्रि«य टोलीमा समेत खेलाडी हुन् । युवा स्टारका रुपमा उदाएका सान्चोलाई किन्न अहिले इङ्ल्यान्ड र स्पेनका ठूला क्लब लागि परेका छन् । 

त्यसैले पनि डर्टमन्ड सान्चोलाई बेच्न तयार देखिएको हो । डर्टमन्डका सिईओ हान्स जोचिमले खेलाडीको चाहनालाई क्लबले सँधै सम्मान गर्ने भएकोले सान्चो जुनसुकै क्लबलमा जान सक्ने बताए । सान्चोलाई स्पेनिस महारथि बार्सिलोना, इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल, म्यानचेस्टर युनाइटेड चेल्सी, इटालियन क्लब युभेन्ट्स लगायतले आँखा लगाएका छन् । 

सान्चोलाई किन्न युनाइटेड बढी इच्छुक देखाएको छ । सान्चोले यस सिजन डर्टमन्डमा ३५ खेल खेल्दै १७ गोल गरेका छन् । उनले डर्टमन्डमा कूल ६९ खेल खेल्दै २७ गोल गरेका छन् । सान्चो सन् २०१८ देखि इङ्ल्यान्ड राष्ट्रि«य टोलीमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप