‘लिभरपुललाई उपाधि दिँदा हुन्छ’
कोरोना भाइरसका कारण इङ्लिस प्रिमियर लिग फुटबलको जारी सिजन त्यतिकै अन्त्य भए लिभरपुललाई उपाधि सुम्पनु पर्ने धारणा विपरित क्लबका खेलाडीले राखेका छन् ।
म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनुपर्ने बताए ।
‘एउटा खेलाडीको नाताले अहिलेको अवस्थामा लिभरपुललाई उपाधि सुम्पदा उचित हुन्छ । अहिलेको अवस्थामा लिभरपुल उपाधि हकदार हो र उसलाई च्याम्पियन बनाउँदा फुटबलमा न्याय हुन्छ,’ गुन्डोगानले भने । उनले सिजनको त्यतिकै अन्त्य भएका खराव नतिजाबाट गुज्रिएर लेरिगेसनका पर्न लागेका क्लबलाई भने सिजन त्यतिकै अन्त्य भए सुखको क्षण हुने बताए ।
साविक विजेता सिटी अहिले लिगको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुल सिटीभन्दा २५ अंकले अगाडि छ । लिभरपुलले अब तीन खेल जिते उपाधि जित्ने छ । ३० बर्षपछि प्रिमियर लिगको उपाधि चुम्ने लक्ष्यमा रहेको लिभरपुललाई कोरोनाका कारण सबैभन्दा मर्का परेको छ ।
कोरोकाका कारण इङ्ल्यान्डमा सबै खाले फुटबल गतिविधि अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ । यो क्रम अझै बढ्ने देखिएको छ । प्रिमियर लिग र भावी रणनितिको विषयमा अप्रिल ३ मा बस्ने क्लबहरुको बैठकले थप निर्णय लिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
-
एम्बाप्पेको कीर्तिमानमा लिग उपाधिबाट पीएसजी मात्र एक कदम टाढा