बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मितेरी पुलमा भारतीयहरु भोकभोकै

सोमबार, १७ चैत २०७६, ११ : ३९
सोमबार, १७ चैत २०७६

वीरगन्ज । वीरगन्ज रक्सौल नाकामा नेपालबाट घर फर्किन लागेका करिब एक हजारभन्दा बढी भारतीय नागरिकहरु रोकिएर अलपत्र परेका छन् । नेपालका विभिन्न स्थानबाट बसमा सवार भइ वीरगन्ज आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएका कारण नाकामा रहेको मितेरी पुलमै आइतवार मध्यरातदेखि रोकिएका हुन् ।

मितेरी पुलमा रहेको भारतीय चेकपोस्टमा ढाट खसाएरु बसेका भारतीय सुरक्षकर्मीले नेपालबाट गएका भारतीयहरुलाइ सोमबार दिउसो सम्म पनि छिर्न दिएका छैनन् । 

मितेरी पुलमा राति ११ बजे पुग्दा भारतीय सुरक्षाकर्मीले छिर्न नदिएको बिहार बेतियाका विनोद कुमार साहले बताए । भारतीय सुरक्षाकर्मीहरुले भारतीय सरकारबाट निर्देशन नआएसम्म छिर्न नदिने भन्दै रोकेर राखेको उनले बताए ।

मितेरी पुल आसपासमा खाजा नास्ता खाने कुनै पसल वा होटल पनि नखुलेकाले भोकै रहेको पनि गुनासो उनले गरे ।

वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत सुरेश कुमारले अलपत्र परेकाहरुका लागि आफूहरुले खानाको प्रबन्ध मिलाउने तयारी गरिरहेको बताए । तर उनीहरुलाई भारत प्रवेश गर्न दिने कि नदिने विषयमा भने आफुहरुले केहि निर्णय गर्न नमिल्ने उनले बताए ।

भारतमा लक डाउन हुदाका बाबजुद पनि नेपालबाट भारतीयलाइ भारत तिर जान दिनुमा नेपाल सरकारको त्रुटी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमित अग्रवाल
अमित अग्रवाल

 अग्रवाल रातोपाटीका पर्सा जिल्ला प्रतिनिधि हुन् ।

लेखकबाट थप