शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा फिल्म हेर्न निर्देशक खनालको सुझाव

सोमबार, १७ चैत २०७६, १२ : ११
सोमबार, १७ चैत २०७६

काठमाडौं । कोरोनाको त्रास विश्वमा दिन प्रतिदिन बढ्दो छ । नेपालमा पनि केही ब्यक्तिमा कोरोना देखिएको छ । यस्तो अवस्थामा कोरोना पीडितको पहिचान गर्न र कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशभर लकडाउन गरेको छ ।

यस्तो अवस्थामा घरमा बसेर समय बिताउन कठिन भएका सर्वसाधारणका लागि निर्देशक दीपेन्द्र के खनालले चलचित्र हेर्न सुझाएका छन् । ‘कोरोनाबाट आफु मात्र सुरक्षित रहेर पुग्दैन । अरुलाई पनि सुरक्षित राख्नुपर्दछ’ निर्देशक खनालले भने ‘त्यसैले सरकारले गरेको लकडाउनको राम्रो पालना गरौ ।’

निर्देशक खनालले स्वस्थ्यभन्दा ठुलो पैसा नहुने बताउँदै लकडाउनमा घरमै बसेर सुरक्षित रहन आग्रह समेत गरेका छन् । ‘घरमा समय बिताउन गाहे भने बिभिन्न फिल्म हेर्नुस्’ उनले थपे ‘फिल्मले मनोरञ्जन र ज्ञान दुबै दिन्छ ।’

निर्देशक दीपेन्द्र के खनालको पछिल्लो फिल्म ‘आमा’ समेत कोरोनाको चपेटामा केही हदसम्म परेको छ । तेस्रोसाता पार गरेर चौथो सातामा प्रवेश गरेको यो फिल्मले केही चलचित्र घरमा ५१ औं दिन समेत पार गर्ने अनुमान गरिएको थियो । तर कोरोनाको कारण सो हुन पाएन । फिल्मले भने नाफा कमाउन सफल भएको छ । फिल्ममा अभिनेत्री सुरक्षा पन्त र मिथिला शर्माको मुख्य भूमिका रहेको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप