बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जसका लागि रियल म्याड्रिडका फरवार्डले क्वारेन्टाइन उल्लङ्घन गरे, जेलसम्म जाने जोखिम

सोमबार, १७ चैत २०७६, १४ : ०६
सोमबार, १७ चैत २०७६

कोरोनाभाइरसको महामारीका बीच क्वारेन्टाइन तोडेर सर्बियामा रहेकी आफ्नी गर्भवती प्रेमिका भेट्न पुगेपछि रियल म्याड्रिडका युवा स्ट्राइकर लुका योभिच यतिबेला विवादमा तानिएका छन् ।

२२ वर्षीय स्ट्राइकर आफ्ना रियलका समकक्षीसहित लकडाउनमा बस्नुपर्ने थियो । तर, उनी निजी विमानमा आफ्नी मोडल प्रेमिकालाई भेट्न सर्बिया उडे । सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिचले योभिचमाथि अनुसन्धान भइरहेको र दोषी ठहर भए जेलसम्म जानुपर्ने बताएका छन् ।

२९ वर्षीया मोडल सोफिया मिलेसोभिचको नाम यसअघि पनि सधैँ खेलाडीहरुसँग जोडिदै आएको थियो । योभिचसँग भेटअघि उनको सर्बिया तथा फ्लोरेन्टिनाका पूर्व मिडफल्डर एडम जाजिचसँग सम्बन्ध रहेको थियो । सर्बियाको मिडियामा उनीहरुको खुबै चर्चा हुन्थ्यो । उनीहरुले विवाह गर्ने पनि बताइएको थियो । तर, तीन वर्ष सँगै रहेपछि सन् २०१८ मा उनीहरुले सम्बन्ध तोडेको बताए ।

त्यसपछि सोफिया र टेनिस खेलाडी भिक्टोर ट्रोइस्कीको सम्बन्ध रहेको चर्चा पनि चल्यो । त्यस्तै क्रोएसियाका स्टार एन्टे रेबिच र पोर्टस्माउथका डिफेन्डर डुस्को टोसिचसँग पनि उनको नाम जोडिएको थियो ।

५ फिट १० इन्च अग्ली मोडल सोफियाले १४ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी थिइन् । उनी आफ्नो देशमा डिजेल ब्रान्डको क्याम्पेनमा देखिएकी थिइन् । उनले मिलान र न्युयोर्क फेसन विकमा चर्चित डिजाइनर जेरेमी स्कटका लागि मोडलिङ गरेकी थिइन् ।

योभिचसँग सोफियाको सम्बन्ध सुरु भएको एक वर्ष पनि भएको छैन । मिडिया रिपोर्टका अनुसार दुवैको सम्बन्धको सुरुवात नै विवादबाट भएको थियो । सोफिायासँग सम्बन्ध सुरु गर्न योभिचले आफ्नो छोरा डेभिडकी आमा तथा धेरै लामो समयदेखि प्रेमिका रहेकी एन्जेला मानिस्टासेभिचलाई छाडेका थिए । दुवै सँगै हुँदा देखि नै योभिचको सोफियासँग सम्बन्ध रहेको बताए पनि योभिचले यसको खण्डन गर्दै आएका छन् ।

सोफियाले आफ्ना इन्सटाग्राममा आफू योभिचको सन्तानको आमा बन्न लागेको घोषणा गरेकी थिइन् । उनले एक रोमान्टिक तस्विर पोष्ट गर्दै यसको खुलासा गरेकी थिइन् ।

रियल म्याड्रिडको बास्केटबल टोलीको सदस्य कोरोनभाइरस संक्रमित रहेको पाएपछि फुटबल टोलीका सदस्य पनि आइसोलेसनमा रहेका थिए । तर, सामाजिक सञ्जालमा योभिच र सोफिया बेलग्रेडको सडकमा उनको जन्मदिन मनाउन घुमिरहेको तस्विर सार्वजनिक भएको थियो ।

योभिचका पिताले तीन तस्विर स्पेनमा खिचिएको दाबी गर्दै उनी सजायको भागिदार नभएको बताए । ‘लुकाले दुई पटक कोरोनाभाइरसको परीक्षण गर्दा नेगेटिभ भेटिएको थियो,’ उनले भने, ‘सायद त्यही भएर उनले सर्बिया आउने सोचे । अहिले उनलाई ठूलो अपराधी बनाइदैछ । उनले जेल जानै पर्यो भने पनि जानुपर्छ । तर, दोषी छन् भने मात्र ।’

उनले आफ्नो छोरा बेलग्रेड आएर घरमा नै बसेको दाबी पनि गरे । ‘उसको प्रेमिका पनि गर्भवती छिन् । उनीहरु बाहिर घुम्न जाने कुरै आउँदैन,’ पिता मिलानले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप