शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सीप्यान अवार्डको रकम कोरोना राहत कोषमा

सोमबार, १७ चैत २०७६, १४ : ५१
सोमबार, १७ चैत २०७६

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान) ले यसबर्षको एनसीसीएस सीप्यान क्रिकेट अवार्डको पुरस्कार रकम कोरोना राहत कोषमा सहयोग गर्ने भएको छ । 

सीप्यानले सोमबार प्रेश विज्ञप्ती जारी गर्दै अवार्डका लागि खर्च हुने चार लाख ६२ हजार रुपैयाँ पुरस्कार रकम कोरोना राहत कोषमा सहयोग गर्ने जनाएको हो । 

सीप्यानका अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संकटको रुपमा देखा परेको कोरोनाविरुद्धको राष्ट्रिय अभियानमा मुलुकलाई सहयोग गर्नु सम्पूर्ण क्रिकेट खेलाडीहरुको कर्तब्य भएको बताएका छन् ।

 सीप्यानले यसअघि चैत २१ गतेका लागि तय गरेको आवर्ड कार्यक्रम चैत २ गते विज्ञप्ती निकाली स्थगित गरेको थियो । सीप्यानले अवार्डको सन् २०२१ मा आयोजना गर्ने पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप