भारतमा मजदुरी गर्ने युुवालाई ज्वरो आएपछि सल्यानमा एकैघरका ५ जना क्वारेन्टाइनमा
सल्यानको कुपिण्डे नगरपालिकाका एक युवालाई भारतवाट फर्कनसाथ ज्वरो आउन थालेपछि उनीसहित परिवारका पाँच जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
भारतबाट फर्किएका ती ३६ वर्षीय ती युवामा ज्वरो आउने ,रुघा खोकी लाग्ने जस्ता लक्षण देखापरेपछि उनीसहित परिवारका अन्य सदस्यलाई जिल्ला अस्पताल सल्यानको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले रातोपाटीलाई बताए ।
भारतमा मजदुरी गरी उनी चैत १० गते घर फर्किएका थिए । लगत्तै बिरामी परेका उनलाई ज्वरो कम नभएपछि स्थानीयले कोरोना भाइरसको आशंकामा सम्बन्धित निकायमा खबर गरेका थिए ।
उनीसँगै घरमा रहेका उनकी २७ वर्षीया श्रीमती, ११ बर्षिया छोरी, ८ वर्षीय र ५ वर्षीय छोरालाई समेत जिल्ला अस्पतालको क्वारेन्टाइनमा राखिएको हो ।
प्रमुख जिल्ला अधिकारी पोरखेलले भने, ‘सबैको ल्याव टेस्टका लागि नमुना संकलन गर्न प्रदेश अस्पतालबाट चिकित्सक बोलाएर नुमना लैजाने काम भएको छ । तर बच्चाहरुमा भने कुनै लक्षण छैन् ।
नमुना संकलनको रिपोर्ट नआएसम्म परिवारका सबैजनालाई क्वारेन्टाइनमा राखिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै