शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् सातै प्रदेशका कोरोना परिक्षण प्रयोगशाला विज्ञहरु

सोमबार, १७ चैत २०७६, २० : ५६
सोमबार, १७ चैत २०७६

काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड -१९) को थ्रोट स्वाब परीक्षण लागि ७ वटै प्रदेशमा प्रयोगशाला विज्ञ खटाइएको छ । सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोभिड -१९) को थ्रोट स्वाब परीक्षण गर्दै आएको छ ।

आइताबारदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पनि प्रयोगशाला सञ्चालनमा ल्याएको छ । सातै प्रदेशमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमणको आंशका लागेका व्यक्तिहरुको थ्रोट स्वाब  सातै प्रदेशमा परीक्षणका तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रयोगशाला संचालनका लागि सात जना प्रयोगशाला विज्ञलाई खटाएको छ । प्रदेश २ जनकपुरमा प्रयोगशाला विज्ञका रुपमा सुरेन्द्र मधुप, डाक्टर निराजन भुषाल र विवेक तिमिल्सेनालाई खटाइएको छ भने वाग्मती प्रदेशको हेटाँैडामा विष्णु उपाध्याय र निर्मल आचार्यलाई पठाइएको छ । 

गण्डकी प्रदेशमा वलराम गौतम, श्रीराम वाँस्तोला र रोजी पाण्डेलाई प्रयोगशाला विज्ञका रुपमा पठाइएको छ । यस्तैप्रदेश ५ को बुटवलमा विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई पठाइएको छ । 

यता कर्णाली प्रदेश सुर्खेत, नेपालगन्ज र सुदूरपश्चिम प्रदेश धनगढीको प्रयोगशाला डाक्टर महेद्रप्रसाद भट्ट, रामकृष्ण श्रेष्ठ र सुनिलप्रसाद लेखकलाई प्रयोगशाला विज्ञका रुपमा खटाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप