१९१८ मा स्पेनिस फ्लुबाट बाँचिन्, १ सय २ वर्षपछि कोरोनाले लियो ज्यान
बेलायतकी १ सय ८ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । हिल्डा चर्चिलको शनिबार साल्डफोर्ड नर्सिङ होममा निधन भएको हो, त्यसको केही घण्टाअघिमात्रै उनमा कोरोना संक्रमण रहेको पत्ता लागेको थियो ।
बेलायती सञ्चारमाध्यम गार्जियनका अनुसार उनी ८ दिनपछि १ सय ९ वर्ष हुनेवाला थिइन् । यी महिलाको जन्म १९११ मा बेलायतमा भएको थियो ।
उनी जन्मिएका ७ वर्षपछि स्पेनिस फ्लु संसारभर महामारीको रुपमा देखिएको थियो र यसबाट उनी पनि संक्रमित भएकी थिइन् । यस महामारीले विश्वभर ५० करोडलाई संक्रमित बनाएको थियो, हिल्डा चर्चितकी १२ महिने बहिनीको महामारीले नै ज्यान लियो । तर उनी बाँतिन ।
उनी १९१८ मा स्पेनिस फ्लु महामारी चल्दा ६ वर्षकी थिइन् । ‘अहिलेसम्म उनले कुनै कुरामा डर रहेको बताएकी थिइनन्,’ उनका नाति एन्थोनी चर्चिलले भने,‘यद्यपी, अहिले कोरोनाबाट उनी त्रसित थिइन् ।’
अन्तिमपटक हजुरआमासँग भेट हुँदा एन्थोनीले कोरोना भाइरसकै विषयमा कुराकानी गरेका थिए । ‘उनले यो भाइरस स्पेनिस फ्लुजस्तै रहेको बताएकी थिइन् । तत्कालीन समय हवाईजहाज थिएन र पनि उक्त भाइरस
सबैतिर फैलिएको थियो,’ एन्थोनीले भने, ‘उनी विश्वयुद्धकी साक्षी पनि हुन् । त्यतिबेलाको भयावह अवस्थाबारे पनि हामीलाई बताउँथिन् ।’
हिल्डा र उनको परिवारका अधिकांश समय क्रिउ च्यासामा बस्दा स्पेनिस फ्लुबाट संक्रमित भएका थिए । ‘उनलाई याद थियो, सबै संक्रमित थिए र उनकी आमाले हेरचाह गरेकी थिइन् । बाबु सडकमै ढलेकाले घरमा समातेर ल्याउनुपरेको थियो,’ एन्थोनीले भने ।
१९३० को दशकमा उनी काम खोज्दै साल्डफोर्ड पुगेकी थिइन् । उनले त्यही बिहे गरिन् ।
उनको परिवारमा ४ छोराछोरी, ११ नाति–नातिना, १२ पनाति–पनातिना तथा उनीहरुका पनि ३ सन्तान छन् । एन्थोनीका अनुसार कोरोनाको महामारीअघि उनको स्वास्थ्यअवस्था ठिक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा स्वीकृत
-
दीपक खड्का जोडिएको प्रकरणमा स्काउटले पठायो मन्त्रालयलाई जवाफ
-
आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट