‘जहाँ सङ्कट त्यहाँ युवा सङ्घ’ को नारासहित स्वयं सेवा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले कोभिड–१९ कारण उत्पन्न मानवीय सङ्कटका समयमा सम्बन्धित सरकारसँग सहकार्य गरी स्वयंसेवामा जुट्न कार्यकर्तालाई सर्कुलर गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ र सहसंयोजक रमेश पौडेलले आज विशेष सर्कुलर जारी गरी सङ्गठनका नेता, कार्यकर्तादेखि सदस्यसम्म ‘हामी जहाँ छौँ, त्यहीँबाट यो लडाइँमा सहभागी बनौँ । जहाँ छौँ, त्यहीँ सक्रिय होऔँ । त्यहीँको समस्यासँग जुधौँ र हाम्रा स्थानीय सरकार तथा प्रशासनसँगको सहकार्यमा असहजतालाई सहजतामा बदल्न लागि परौँ ।’ भन्ने आह्वान गरेका हुन् ।
सक्रङ्मणको जोखिम रोक्न सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न÷गराउन चेतनामूलक प्रचार गर्न आफ्नो स्थानीय समुदायभन्दा बाहिरबाट घर फर्केकालाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने व्यवस्थाका लागि र अनुशासनका लागि उत्प्रेरित गर्न पनि आग्रह गरिएको छ ।
सरकारी निकाय र जनसुमदायबीच पुलको काम गर्दै ज्यालादारी श्रमिक वर्ग सबैभन्दा समस्यामा परेकाले सरकारले घोषणा गरेको राहतको सहजीकरणमा स्थानीय सरकार र श्रमिक समुदायलाई सहजीकरण गर्न सर्कुलरमा भनिएको छ । सो कार्यका लागि सङ्गठनले कुनै राहात र आर्थिक सङ्कलन नगर्ने बरु चेतनामूलक प्रचार सामग्रीको व्यापक प्रचार÷प्रसार गर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने