कर्णाली प्रदेशमा ज्वरो नाप्ने थर्मल गन १० वटामात्रै !
सुर्खेत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा स्वास्थ्य उपकरण पठाएर कोरोनाको परीक्षण दायरा बढाएको दावी गरिरहेका बेला कर्णाली प्रदेशमा भने ज्वरो नाप्ने थर्मल गन नै अत्यन्त न्युन रहेको पाइएको छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सोमबार एक हजार पीपीई, ४८० एन ९५ मास्क, दश हजार सर्जिकल मास्क, २० हजार ग्लोव्स र १० वटा ज्वरो नाप्ने थर्मल गन केन्द्र सरकारले पठाएको छ ।
स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै धनगढी, सुर्खेत, बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने आवश्यक उपकरण पठाइएको बताएपनि केन्द्र सरकारले पठाएको यो स्वास्थ्य सामाग्री पर्याप्त नभएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रानाले बताए ।
मन्त्री रानाका अनुुसार केन्द्र सरकारले पठाएको उक्त सामग्रीले केही राहत भएपनि ज्वरो नाप्ने थर्मल गन नै प्रयाप्त नहुँदा समस्या भएको छ । कर्णाली प्रदेशमा कम्तीमा सयवटा थर्मल गर्न आवाश्यक भएपनि १० वटामात्रै आएपछि कसरी वितरण गर्ने भन्ने समस्या भएको मन्त्री रानाको भनाई छ ।
‘कर्णाली प्रदेशमा ७९ वटा पालिका छन्, तिनीहरुलाई एक–एक वटाका दरले बाँडदा पनि ७९ वटा चाहिन्छ । त्यसबाहेका १२ वटा अस्पताल छन् । यो हिसाबले हामीलाई अहिले सयवटा थर्मल गर्न आवाश्यक छ,’ मन्त्री पुनले रातोपाटीसँग भने, ‘हामी आफैले किन्न खोज्दा पनि पाइएको छैन ।’
त्यस्तै, कर्णाली प्रदेशमा उत्तरतर्फ तीनवटा नाका र दक्षिणतर्फ मुख्य चारसहित अन्य सहायक नाका समेत छन् । ती नाकामा समेत थर्मल गर्न आवाश्यक पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै