शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तेलको मूल्य १८ वर्ष यताकै सस्तो

सोमबार, १७ चैत २०७६, २३ : ०७
सोमबार, १७ चैत २०७६

काठमाडौं । तेलको मूल्य १८ वर्षकै कम मूल्यमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा अप्रशोधित तेल (ब्रेन्ट क्रुड) को माग घट्न थालेपछि मूल्य झरेको हो । अन्तर्राष्ट्रिय बजारमा सोमबार २२.५८ अमेरिकी डलर प्रतिब्यारेलमा तेलको मूय झरेको छ । 

यो सन् २००२ यताकै सबैभन्दा कम मूल्य हो । सन् २००२ मा यस्तो तेलको मूल्य प्रतिब्यारेल २० डलरसम्म झरेको थियो । त्यस्तै, डब्लुटिआई तेलको मूल्य प्रतिब्यारेल २० डलरमा झरेको छ । यो पनि १८ वर्षयताकै सबैभन्दा कम हो । 

यो वर्ष मात्रै तेलको मूल्य आधाभन्दा तल झरिसकेको छ । सोही कारण कतिपय कम्पनीले तेलको उत्पादन आधाभन्दा कम गरिसकेका छन् । कतिपयले उत्पादन नै बन्द समेत गरेका छन् ।  अहिले तेलको मूल्यमा भारी गिरावट आउनुको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको माग घट्नुका अतिरिक्त साउदी अरब र रुसबीचको मूल्य प्रतिस्पर्धा समेत हो ।

रुसले ओपेक राष्ट्रहरुको निर्णयबमोजिम तेलको उत्पादनमा कटौती गर्न नमान्दा उनीहरुबीच मूल्य–युद्ध सुरु भएको थियो । तर विश्लेषकहरु भने कोरोना भाइरसको रोकथामका लागि विश्वले गर्दै आएको प्रयासका कारण तेलको मागमा कमी आएको बताउँछन् । कोरोना भाइरसको संक्रमणपछि अहिले अन्तर्राष्ट्रिय बजारमा धेरै एयरलाइन्स कम्पनीहरु ग्राउन्डेड भएका छन् । त्यस्तै, सडकमा कार र अन्य सवारी साधनको चाप पनि निकै कम भएको छ । (-बीबीसी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप