मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नी ट्विङ्कल खन्नाले साँच्चै २५ करोड राहत कोषमा दिने हो ? भन्ने प्रश्नमा अक्षयले दिए यस्तो जवाफ

मङ्गलबार, १८ चैत २०७६, ०८ : ३९
मङ्गलबार, १८ चैत २०७६

एजेन्सी : कोरोना भाइरससँग लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थापना गरेको राहत कोषमा बलिउड अभिनेता अक्षय कुमारले २५ करोड भारु सहयोग गरे । 

२१ दिने लामो लकडाउनमा रहेको भारतमा कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न राहत कोषमा सकेको सहयोग गर्न अपिल गरिएको थियो । 

जसमा अक्षय कुमारले बलिउडका सेलिब्रेटीमध्ये सबैभन्दा ठूलो रकम सहयोग गरेका छन् । उनले उक्त रकम सहयोग गर्ने घोषणा गरेपछि उनकी पत्नी ट्विङ्कल खन्नाले उनलाई सोधिन्, ‘के साँच्चै त्यति रकम सहयोग गर्ने हो त ?’

अक्षयले यसको जवाफ के दिए भनेर खन्नाले आफ््नो सामाजिक सञ्जाल ट्विटरमार्फत खुलासा गरेकी छिन् । खन्नाका अनुसार अक्षयले उनलाई भनेका थिए, ‘सुरुका दिनहरुमा मसँग केही थिएन । तर अहिले म जुन स्थितीमा छु भने कसरी म यो नगरी बस्न सक्छु ? म ति व्यक्तिहरुका लागि केही गर्न सक्छु जोसँग केही छैन ।’

 

आफ्ना पतिप्रति गर्भ महसुस गर्दै ट्विङ्कलले अक्षयले दिएको रकमप्रति खुशी व्यक्त गरेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप