डर्टमन्टको प्रशिक्षण सुरु
मङ्गलबार, १८ चैत २०७६, ०९ : २७
कोरोना भाईरसको बढ्दो त्रासको बीच जर्मन क्लब बोरुसिया डर्टमन्डले प्रशिक्षण सुरु गरेको छ । युरोपमा बढ्दो महामारीको रुप लिएको कोरोनाको संक्रमण जर्मनमा पनि उत्तिकै छ ।
तर क्लबले खेलाडीको फिटनेशलाई ध्यानमा राखी सोमबारदेखि प्रशिक्षण र तयारी सुरु गरेको हो । जर्मनमा अप्रिल ३० सम्म फुटबल लगायत सबै खाले खेलकुद गतिविधि स्थगित गरिएको छ ।
प्रशिक्षणको पहिलो दिन अर्लिङ हालान्ड, थोमस डिलाने, जियोभानी रेना र इम्री क्यान लगायत खेलाडी उपस्थिति रहेको थियो । लगातार बसिरहँदा खेलाडीलाई असहज भएकोले तयारी सुरु गरिएको क्लबले जनाएको छ ।
कोरोनाले रोकिएको बुन्डेस लिगा सिजनको सुरुवात छिट्टै हुनेमा पनि डर्टमन्ड विस्वस्थ छ । अहिले डर्टमन्ड लिगको दोस्रो स्थानमा छ । डर्टमन्डले २५ खेलबाट ५१ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ५५ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू : माधव नेपाल
-
वैदेशिक रोजगारीमाा पठाउँछु भनेर ठगेको आरोपमा दुई जना पक्राउ
-
कोशीका मुख्यमन्त्रीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने
-
सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा
-
कल्याण उपकार सेभिङ्गका ६ जनाविरुद्ध पक्राउ पुर्जी
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : रावल