बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सूर्यविनायक चोकमा खटिएका प्रहरी हवल्दारमाथि चक्कु प्रहार

मङ्गलबार, १८ चैत २०७६, ०९ : २६
मङ्गलबार, १८ चैत २०७६

भक्तपुर – सूर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।

मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए । 

चक्कु प्रहारबाट महानगरीय प्रहरी वृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको वृतका डिएसपी चक्रराज जोशीले जानकारी दिएका छन् । 

क्षेत्रीको मानसिक अवस्था खराब जस्तो देखिएको र गुलेली र चक्कु सहित हाल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डीएसपी जोशीले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप