शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तरकारी बजार अनुशासित बन्दै

मङ्गलबार, १८ चैत २०७६, ०९ : ३०
मङ्गलबार, १८ चैत २०७६

कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाएका छन् । सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पलस खोल्न अनुमति दिएकाले बिहान साँझ सर्वसाधरणको तरकारी बजारमा भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन् ।

उनीहरुले कम्तिमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गर्न गराउनका लागि तीन फिटको दुरीमा सेतो गोलो घेरा लगाएका छन् । तरकारी किन्न जाने सबैले सो गोलो घेरामा बसेर तरकारी लिनुपर्ने हुन्छ । समाजकल्याण परिषद्द्वारा सञ्चालित काठमाण्डौको  भृकुटीमण्डपस्थित  इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्वार र बाह्यद्वार भिन्ना भिन्नै बनाइएको छ । एउटा गेटबाट प्रवेश गरेका ग्राहक सोहीगेट बाट फर्कन पाउने छैनन् ।

साथै तरकारी बजार व्यवस्थापन समितिले बनाएको सेतो गोलो घेराभन्दा बाहिर बस्न पाउने छैनन् । साँझ बिहान तरकारी किन्ने ग्राहकहरुको भीड अत्याधिक हुन थालेपछि सामाजिक दुरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो ।

धेरै भीड भएको अवस्थामा गेटमा नै सुरक्षा गार्डले ग्राहकलाई सडकमै दुरी कायम गरि लामबद्ध गराउनेछन् । तरकारी बजारको गेटमा सुरक्षाकर्मीले सुरक्षा सर्तकता सम्बन्धी सन्देश पनि प्रवाह गरिरहेका हुन्छन् ।

तरकारी बजार अनुशासित बन्दै

Posted by Rato Pati on Monday, March 30, 2020

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप