शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पनामामा लिङ्गको आधारमा क्वारेन्टिन गर्ने घोषणा

मङ्गलबार, १८ चैत २०७६, ११ : ३७
मङ्गलबार, १८ चैत २०७६

मध्य अमेरिकी देश पनामाले लिङ्गको आधारमा क्वारेन्टिन गर्ने घोषणा गरेको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार यहाँ विभिन्न प्रकारको प्रतिबन्ध लगाइएको छ र मानिसहरुलाई घरमा नै बस्न भनिएको छ । मानिसहरुलाई सामाजिक दुरी कायम गर्न पनि आग्रह गरिएको छ । क्वारेन्टिनका लागि पनि आदेश जारी गरिएको छ ।

पनामा नागरिकका लागि जारी आदेशमा महिला र पुरुषलाई भिन्न–भिन्न राखिएको छ ।

पनामा पछिल्लो एक हप्तादेखि लकडाउनमा छ तर यो थप १५ दिनसम्म जारी रहने अनुमान गरिएको छ ।

नयाँ आदेश अनुसार अब महिला सोमबार, बुधबार र शुक्रबारमात्रै दुई घण्टाका लागि आवश्यक सामान खरिद गर्न घरबाट बाहिर निस्कन सक्नेछन् ।

साथै पुरुषहरु मंगलबार, बिहिबार र शनिबार मात्रै घरबाहिर निस्कन पाउनेछन् ।

आइतबार कोही पनि घरबाट बाहिर निस्कन पाउनेछैनन् ।

रक्षामन्त्री जुआन पिनोले आफ्नो एक बयानमा क्वारेन्टिन मानिसहरुको जीवन बचाउनका लागि मात्रै लागू गरिएको बताएका छन् ।

पनामामा तीन हप्ताअघि पहिलो संक्रमित भेटिएका थिए । अहिले त्यहाँ एक हजार बढी व्यक्तिमा संक्रमणको पुष्टि भइसकेको छ जबकी २७ जनाको मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप