शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट नेगेटिभ

मङ्गलबार, १८ चैत २०७६, १२ : ३५
मङ्गलबार, १८ चैत २०७६

तेलअभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई कोरोनाभाइरसको संक्रमण नदेखिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बताएका छन् । तर, प्रधानमन्त्री नेतन्याहू क्वारेन्टाइनमै बस्ने भएका छन् ।

प्रधानमन्त्री नेतन्याहूका सल्लाहकार र उनका सहयोगीलाई अघिल्लो दिन स्वास्थ्य परीक्षण गर्दा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । स्वास्थ्य परीक्षणको नतिजा प्राप्त भएसँगै देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेतन्याहूले इजरायली जनतालाई एउटा उदाहरण प्रस्तुत गर्नकै लागि पनि आफू स्वेच्छिक क्वारेन्टाइनमा बस्न लागेको बताएका छन् ।

ठट्यौली शैलीमा प्रधानमन्त्री नेतन्याहूले भनेका छन, ‘क्यामेराम्यान साथीहरुले पनि छ मिटर टाढैबाट मेरो दैनिकीलाई पछ्याउनु भएको छ ।’ इजरायली स्वास्थ्य मन्त्रालयले सोमबार देशभर संक्रमण पुष्टी भएका व्यक्तिको संख्या ४ हजार ६९५ पुगेको जनाएको छ । पछिल्लो एक दिनमा थप १०० जनामा संक्रमण देखिएको पनि मन्त्रालयले स्पष्ट गरेको छ । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप