शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुका लागि आपतकालीन सहायता राहत कोष निर्माणार्थ सहयोगको अपील

मङ्गलबार, १८ चैत २०७६, १३ : १४
मङ्गलबार, १८ चैत २०७६

 प्रवासी  नेपाली विद्यार्थी संगठन अस्ट्रेलिया इनकर्पोरेटेडले  नेपाली राजदूतावास र  एनआरएन अस्ट्रेलियासँग १-१ लाख अस्ट्रेलियन डलर र नेपाली  एजुकेशन कन्सल्टेन्सी तथा कलेज व्यवसायीसँग  ५  लाख अस्ट्रेलियन डलर जुटाइ दिनको लागि अपील गरेको छ । 

कोरोना भाइरसको प्रभावका कारण नेपाली विद्यार्थीहरु सबै भन्दा बढी प्रभावित परेको अवस्थालाई मध्यनजर गरि   प्रवासी नेपाली विद्यार्थी संगठनले आर्थिक सहयोग संकलनको लागि अपील गरेको हो ।

कोरोना भाइरसको प्रभावका कारण काम नपाएका र काम गुमाएका नेपाली विद्यार्थीहरुको गुनासो दिन प्रतिदिन बढिरहेकाले सबै सरोकारवालासँग सहकार्य गर्ने गरी अपिल गरेको  प्रवासी नेपाली विद्यार्थी संगठनका अध्यक्ष  सम्राट वलीले बताए । 

अस्ट्रेलियामा रहेर नेपाली विद्यार्थीको हकहितका लागि भनि "प्रवासी नेपाली विद्यार्थी संगठन-अस्ट्रेलिया इनकर्पोरेटेड" संस्था मार्फत काम गरिरहेको बताउँदै उनले भने-यो विपत्तिको घडीमा अनेक अनेक समस्या छन् तर हामी केमा मात्रै केन्द्रित छौं भने आपतकालीन र छोटो समयका लागि राहत - नगदनै सहयोग गरौं भन्ने अभिप्राय रहेकाे छ ।

 संकलित आर्थिक सहयोग वितरण राजदूतावासको  रोहवरमा गर्नेगरी  पहल भइरहेकाे उनले बताए । 
 
अस्ट्रेलियामा करिब ५५ हजारका हाराहारीमा नेपाली विद्यार्थी रहेकाे बताइन्छ । 


प्रवासी  नेपाली विद्यार्थी संगठन  - अस्ट्रेलिया इनकर्पोरेटेडको  वैक खाता विवरण : 

BSB  : 062028
ACCOUNT NUMBER  : 12002234
ACCOUNT NAME  : Society Cheque Account

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप